Erani Mahal
सिद्धार्थ राजमार्गमा खसेकाे पहिराे हटाइयाे, दुबै तर्फबाट सवारी सुचारू
maxresdefault-1

पाल्पा - सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डकाे तिनाउ गाउँपालिका-३, मा पहिराे जाँदा अबरुद्ध भएकाे सडक खुलेकाे छ । बिहान पाैने ९ बजेदेखि बन्द भएकाे सडक साढे १० बजे खुलेकाे हाे ।

सांकेतिक तस्विर

                                                                                 

विहान ८ः५० मा पहिराे जाँदा अवरुद्ध बनेकाे सडक स्थानीय, दाेभान प्रहरी र जेसीवि डाेजरकाे साहायतामा हटाएर यातायात बाट सञ्चालनमा आएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

पाल्पा र रूपन्देहीबाट थप डाेजर मगाएर सडक दुईतर्फी नै सञ्चालनमा ल्याएकाे प्रहरीले जनाएकाे छ । जुनसुकै बेला पानी पर्ने सम्भावना भएकाले यस क्षेत्रमा कितबेला बाटाेमा पहिराे खस्छ भन्न सकिने अवस्था छैन ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update