Erani Mahal
गुगलले हटायाे ३० लाख फेक एकाउण्ट
05

गुगलले गत वर्ष सन् २०१८ मा आफ्नो नक्सा सेवा गुगल म्याप्सबाट ३० लाख भन्दा धेरै फर्जी बिजनेस अकाउन्ट हटाइदिएको छ । गुगलको ब्लग अनुसार ती फर्जी अकाउन्टहरुबाट गुगलका ग्राहकहरु ठगिने जोखिम थियो । गुगलका अनुसार धेरै पटक गुगल म्याप्सको बिजनेस अकाउन्टधारी कारोबारीहरुले धोकेबाजी गरी नाफा कमाउनका लागि स्थानीय रुपमा सूचिकरण समेत गर्दथे । गुगलले आफ्ना म्याप्सको बिजनेस सर्भिसमार्फत व्यवसायसँग जोडिनका लागि सम्पर्क तथा त्यहाँसम्म पुग्नका लागि बाटो देखाउने लगायका सेवा उपलब्ध गराउने गर्दछ ।

गुगल म्याप्सका प्रडक्ट म्यानेजर इथन रेसेलले हालै एक ब्लगमा भनेका छन् कि वास्तविक रुपमा गुगलका निशुल्क सेवाहरुका लागि समेत ठग व्यापारीहरुले पैसा असुल्ने गरेका छन् । उनीहरुले आफुलाई सक्कली कारोबारी बताएर ग्राहकसँग ठगी गर्दछन् । उनका अनुसार गुगलले यस्तो प्रविधिको प्रयोग गर्दछ कि त्यसबाट उसको प्लाटफर्मको दुरुपयोगलाई धेरै हदसम्म रोक्न सकिएको छ ।

उनले भनेका छन्, ‘गतवर्ष हामीले ३० लाख भन्दा धेरै फर्जी कारोबारी खाताहरु हटाएका छौँ । ती मध्ये ९० प्रतिशत भन्दा धेरै यस्ता बिजनेस अकाउन्ट छन् जसलाई कोही ग्राहकले खोल्न पनि सक्दैनन् । यो पूरै प्रक्रियामा करीब ८५ प्रतिशत फर्जी खातालाई गुगलको आन्तरिक सिस्टमबाट पहिचान गरी हटाइएको छ भने ग्राहकको रिपोर्टका आधारमा अढाई लाखभन्दाधेरै फर्जी खाता हटाइएको छ ।’

गुगलले सन् २०१८ मा हटाएका ती फर्जी अकाउन्टको संख्या सन् २०१७ को तुलनामा ५० प्रतिशत भन्दा धेरै हो ।

फर्जी बिजनेस प्रोफाइलहरुले गुगल म्याप्समा ग्राहकहरुलाई गुमराहमा पार्ने ग्रेको तथ्य गुगलले हालै स्विकार गरेको थियो । यस्ता प्रोफाइलहरुले ग्राहकहरुलाई गुमराहमा पार्नुअघि नै रोक्ने दिशामा काम गरिरहेको पनि गुगलले बताएको छ ।

मिडिया रिपोर्ट अनुसार गुगल म्याप्समा झण्डै १ करोड १० लाख भन्दा धेरै फर्जी लिस्टिङ्ग तथा फोन नम्बर रहेका छन् जसले वास्तविक तथा प्रतिस्पर्धी व्यवसायका लागि समस्याको रुपमा खडा भएका छन् । - एजेन्सी

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update