Erani Mahal
चट्याङ लागेर  ६ जनाको मृत्यु
014d27c0-907e-3fc0-bff8-766cc1ae77ec_1556512016

बुटवल - चट्याङ लागेर रुपन्देही र दाङमा गरी ६ जनाको मृत्यु भएको छ । रुपन्देहीमा ३ र दाङमा ३ जनाको चट्याङ्ले लागेर मृत्यु भएको प्रहरीले जनाएकाे छ । रूपन्देहीको सैनामैना वडा नंं ७ आमी भन्ने स्थानका ६२ बर्षका चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नंं २ फुलबारीका ६० बर्षका नन्दराम अर्याल र गैडहवा गाउँपालिका वडा ७ वर्बदैयाका २५ बर्षका भागवत दास लोधको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घर नजिकै गाइबस्तु चराउने क्रममा चट्याङ लागेर घाइते भएका बिकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । यस्तै अर्यालको पनि घर नजिकै गाइबस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको प्रहरीले बताएको छ । लोधको भने तरकारी बारीमा जाने क्रममा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

त्यस्तै चट्याङ लागेर दाङमा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारैजना बालक जामुनाको रूखमा चढेका बेला चट्याङ्ले लागेकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update