X

रिब्दीकाेट गापाकाे आव २०७६/०७७ का लागि ४८ करोड बढी बजेट (विस्तृतमा हेर्नुहाेस्)

पाल्पा – रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ४८ करोड ८२ लाख ५६ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको पाँचौ गाउँसभामा गाउँपालिकी उपाध्यक्ष लक्ष्मी खनालले आगामी वर्षका लागि चालु वर्षको भन्दा ६ करोड बढी ४८ करोड भन्दा बढीको बजेट पेश गर्नुभयो ।


गाउँपालिकाले आफ्नो वडा आफै बनाऊँ अभियान अन्तर्गत ८ वटा वडा कार्यालयलाई एकमुष्ट कुल ५ करोड २६ लाख विनियोजन गरेको छ । एक घर एक धाराको नीति लिई सबै घरधुरीमा पानीको धारा पु¥याउने लक्ष्य अनुरुप लिफ्टिङ खानेपानी आयोजनाका लागि कुल १ करोड ३ लाख विनियोजन गरेको छ ।


कृषि क्षेत्रका लागि संघीय सरकारको सशर्त अनुदान १६ लाख ४५ हजारको अतिरिक्त ९९ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले कृषि तथा पशुपालनतर्फ आकर्षित गर्ने उद्धेश्यले दुध उत्पादनमा प्रति लिटर रु.१ र टमाटर उत्पादनमा प्रति किलो १ रुपैयाँदेखि २.५० रुपैयासम्म अनुदान दिन समेत बजेट विनियोजन गरेको छ ।

तस्विर : गाउँपालिकाकाे बेभसाइट ।


गाउँपालिकाले मुटु रोग, क्यान्सर जस्ता असाध्य रोगवाट ग्रसित रोगीलाई ४ हजार दिईँदै आएकोमा आगामी आ.व.देखि २ हजार थप गरी ६ हजार आर्थिक सहायता दिने घोषणा गरेको छ । सुत्केरी आमाहरुलाई दिइदै आएको अतिरिक्त भत्ता एक हजार पाँच सयलाई समेत निरन्तरता दिईएको छ ।


गाउँपालिकाभित्रका एतिहासिक महत्वका सम्पदाहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गरी पर्यटकीय स्थलको रुपमा चिनाउन भैरवस्थान–रिब्दीकोट–जलेश्वर क्षेत्रलाई समेटी वि.स. २०७७ लाई रिब्दीकोट पर्यटन वर्ष मनाउने घोषणा गरी बजेट विनियोजन गरेको छ ।
विस्तृत हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys