Erani Mahal
तानसेन नगरपालिकाकाे आव २०७६/०७७ काे बजेट : १ अर्ब १ कराेड
Tansen-palpa-1-copy

पाल्पा - तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब एक करोड ९३ लाख ६५ हजार बजेट प्रस्ताव गरेको छ । गत वर्ष ८० करोड १३ लाख १० हजार बजेटको नीति तथा कार्यक्रम गरेको नगरपालिकाले यो गत वर्षको भन्दा यो वर्ष २० करोड बढी हाे ।


नगरपालिकाले चालु तर्प ५७ करोड ९२ लाख ५४ हजार र पूँजीगततर्फ ४४ करोड ८४ लाख ३९ हजार विनियोजन गरेको छ । तानसेन नगरपालिकाले श्रीनगर डाँडामा बन्न लागेको बिग बुद्ध योजनाका लागि ५ करोड, तानसेन रिङ्रोड स्तरउन्ततिका लागि एक करोड, रानीमहल एकीकृत विकासका लागि ५० लाख बजेट विनियोजन गरेको छ । नयाँपाटी सारेमा बाटोमा लागि २० लाख, वनदेवीमा बन्ने भनिएको बसपार्कका लागि एक करोड बजेट विनियोजन गरेको छ ।


पाँचौ नगरसभामा नगरपालिकामा प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तानसेन नगरपालिकाका लेखा प्रमूख दिवाकर अर्यालले तानसेनभित्र पर्यटक लक्षित पूर्वाधारहरूको विकास गरी तानसेनलाई आन्तरिक पर्यटकको केन्द्र बनाउने उल्लेख छ ।


सभामा नेपाल भ्रमण वर्ष २०२० र लुम्विनी भ्रमण वर्ष २०७६ लाई केन्द्रित गरी ‘तानसेन जाउँ, प्रकृति र संस्कृतिसँगै रमाउ’ भन्ने अभियान सञ्चालन गरिने उल्लेख छ । पर्यटन प्रबद्र्धन गर्न नगरपालिकाले तानसेनको श्रीनगरमा बीग बुद्ध बनाउने, तानसेनको रिङ्रोडको स्तरउन्नति गर्ने, गुफाचउरमा गणेशधाम बनाउने, रानीमहलको एकीकृत विकास गर्ने, ऋषिकेश अर्गलीको एकीकृत विकास गर्नेलगायतका कार्यक्रम अघि सारेको छ । तानसेनमा लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्ने उसले कार्यक्रम अघि सारेको छ ।


पब्लिक प्राइभेट पार्टनरसीपका आधारमा लगानी भित्र्याउन नगरपालिकाले लगानी सम्मेलन गर्ने जनाएको छ । तानसेनको कृषि तथा पशुपालन क्षेत्रलाई प्रबद्र्धन गर्न ३० रोपनीभन्दा बढी जग्गामा कृषि तथा पशुपालन गर्ने किसानलाई विशेष अनुदानको व्यवस्था गर्ने नीति नगरपालिकाले आगामी वर्षका लागि अख्तियार गर्ने उल्लेख छ ।
विस्तृतमा हेर्नुहोस्

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update