Erani Mahal
निस्दी गाउँपालिद्वारा आव २०७६/०७७ का लागि  ४३ करोड ९८ लाख बजेट पेश
65321711_396977620914389_1286338105242025984_n

पाल्पा - निस्दी गाउँपालिका पाल्पाले आर्थिक वर्ष २०७६/०७७ को लागि मंगलबार पाँचाैँ गाउँसभामा बजेट पेश गरेको छ। गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको बजेट अधिवेशनमा उपाध्यक्ष रिता कुमारी अर्यालले आर्थिक वर्ष २०७६/०७७ को लागि ४३ करोड ९८ लाख ९३ हजार ६ सय ८० रुपैयाँ बराबरको बजेट गाउँसभामा पेश गर्नुभएको छ ।

गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीको स्वागत मन्तव्यबाट शुरु भएको सभामा प्रस्तुत गर्नुभएको बजेटले आगामी आर्थिक वर्षमा निस्दीले शिक्षा क्षेत्रमा व्यापक बजेट विनियोजन गरेको र शिक्षा वर्षको रूपमा मनाउने तयारी गरेको देखिन्छ ।

साथै प्रदेश नम्बर ४ नवलपुर जोड्ने मुख्य नाका बेलडाँडा मित्याल अरुणखोला मोटर बाटोको स्तरोन्नति गर्ने र निस्दीका प्रत्येक वडामा बस संचालन गर्ने गरि बाटो विस्तार गर्ने योजनालाई पनि प्राथमिकतामा राखेको छ। बजेटमा निस्दीका सामुदायिकीकरण विद्दुत संचालन नभएको वडा नम्बर १ र २ मा सौर्य उर्जाबाट विद्दुत विस्तार गर्ने योजनालाई पनि प्राथमिकता दिएको छ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update