Erani Mahal
पाल्पाकाे रामपुरस्थित शहीद बहुमुखी क्याम्पस परिसरमा बम बिष्फाेट
971512_140761336118597_1189402777_n

पाल्पा - पाल्पाको पूर्वी भेगकाे रामपुरमा सिलिण्डर ग्याँस विस्फोट भएको छ । रामपुर नगरपालिकास्थित शहीद बहुमुखी क्याम्पसको कम्पाउण्ड भित्र अज्ञात समुहले बिस्फोटनका लागि राखेको ग्याँसको सिलिण्डर बिस्फोटन भएको हो ।

बिस्फोटनबाट मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कसले सिलिण्डर बम राखेकाे हाे भन्ने विषयमा कुनै जानकारी नभएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटना सोमवार राती साढे १० बजे भएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update