Erani Mahal
पाल्पा बुद्धिचाल संघको नयाँ नेतृत्वमा काफ्ले चयन
IMG_6973


पाल्पा - करुणा काफ्लेको नेत्रृत्वमा पाल्पामा बुद्धिचाल संघको नयाँ नेतृच्व चयन गरिएकाे छ । जिल्लामा चेसका गतिविधि शुन्य भएपछि काम नगर्ने समितिलाई स्वत विघटन गरी नयाँ समिति बनाउने संघको विधान अनुरुप काफ्लेको नेत्रृत्वमा ११ सदस्यी जिल्ला बुद्धिचाल संघ बनेको हो ।

संघको उपाध्यक्षमा दिनेश गन्धर्व, सचिवमा डोलराज अर्याल, कोषाध्यक्षमा रघुनाथ पराजुली, सदस्यहरुमा केशव पाण्डे, सुधिर भट्टराई, सुमन पोखरेल, महिला सदस्यमा शर्मीला थापा र तुल्सा क्षेत्री रहनुभएको छ ।

नेपाल बुद्धिचाल संघको केन्द्रिय अध्यक्ष एक लाल श्रेष्ठको विशेष उपस्थितमा भएको उक्त संघको पुर्नगठन कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष विदुर प्रसाद गौतम,महासचिव हिराकाजी महर्जन,सचिव धर्म बहादुर लामा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बुद्धिचाल संघ केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठले एक वर्षसम्म कुनै पनि गतिविधि नगर्ने समितिलाई स्वत विघटन गर्ने संघको विधान अनुरुप विभिन्न जिल्लामा निष्कृय बनेका संघको पुर्नगठन प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

अन्य खेलको तुलनामा चेस खेल पृथक भएकोले बौद्धिक सर्कलको बसोबास रहेको पाल्पाबाट अबका दिनमा चेसका नयाँ होनाहार खेलाडीको उत्पादनमा नयाँ बनेको बुद्धिचाल संघले चेस खेलको महत्व,फाईदा बारे विद्यार्थी,शिक्षक,अभिभावकलाई चेस खेलप्रति आकर्षत गरि नयाँ खेलाडी जन्माउन महत्वपुर्ण भुमिका खेल्न आग्रह गर्नुभयो ।


बुद्धिचाल संघका नवनिर्वाचित अध्यक्ष काफ्लेले जिल्लामा बुद्धिचाल संघ निष्कृय बन्दा चेसका कुनै पनि गतिविधि नभएको र प्रदेश स्तरीय छनोट प्रतियोगितामै शुन्य सहभागीता हुँदा पाल्पाको चेस संघ प्रति नै प्रशन उठेकाले नयाँ नेत्रृत्व चयन गर्न बाध्य भएको बताउनुभयो । अध्यक्ष काफ्लेले आफ्नो नेत्रृत्वमा बनेको नयाँ संघले जिल्लामा चेसका थुप्रै प्रतियोगिता आयोजना गरि अवका दिनमा पाल्पा बुद्धिचाल संघलाई नयाँ उचाइर्ममा पु्याउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रदेश नंम्बर ५ खेलकुद विकास समितिका सदस्य बसन्त जिआर, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिपक विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका सदस्य सोनित प्रधान लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेको स्वागत र रघुनाथ पराजुलीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update