Erani Mahal
'तानसेनकाे विकास' बारे सांसद पाण्डेय र सराेकारवाला बीच छलफल
IMG_6992

पाल्पा - तानसेन विकासको लागि पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेले तानसेन विकासका प्रस्ताव तथा अवधारणाहरुको एक कार्यक्रमका बिच सुझाव संकलन गर्नुभएको छ ।


पूर्व उद्योग मन्त्री समेत रहनुभएका प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेले यही जेठ ३१ गते जिल्लाका सरोकारवालाबीच आफ्नो तानसेन विकासका प्रस्ताव तथा अवधारणाहरु प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रस्ताव तथा अवधारण ल्याएको ११ दिन पछि सांसद पाण्डेले सरोकारवालासँग राय सुझाव माग्नुभएको हो ।


४४ पृष्ठ लामो उक्त प्रस्ताव एवं अवधारणामा सांसद पाण्डेले तानसेनलाई दुई किसिमको शहरको रुपमा विकास गर्ने, अर्थात तानसेनलाई टुइन सिटिको रुपमा विकास गर्ने देखि तानसेनको टुँडिखेल छेउमा रहेको नेपाली सेनाको व्यारेकलाई सेनासँगको समन्वयमा उपयुक्त स्थानमा स्थानान्तरण गर्ने सम्मका प्रस्ताव अवधारणामा समेट्नुभएको छ ।

तस्विर : सुनिल कार्की ।

तानसेनको द्रत विकासको लागि सांसद पाण्डेले ७७ वटा विकासका नयाँ मोडलको प्रस्ताव अवधारणा पत्रमा उल्लेख गर्नुभएको छ । सांसद पाण्डेको विकासका प्रस्तावमा तानसेनलाई दुई सहर ऐतिहासिक शहर र आधुनिक शहरको रुपमा विकास गर्ने,विहार महाचैत्य, गुम्बा, स्तुपा, धम्मसभा, श्रीनगर बुद्ध गार्डेन र सबैभन्दा ठुलो बुद्ध मुर्ति बनाउने, तानसेन र अन्य संम्भावित क्षेत्रलाई लुम्बिनीको हिल स्टेशनको रुपमा विकास गर्ने, पाल्पा दरबार संग्रहालयलाई व्यवस्थि गर्ने, नेपाल अंग्रेज युद्धको महिमा बोकेको रणउजेश्वरी भगवती मन्दिर सहित नगरका अन्य मठ मन्दिरलाई संरक्षण र प्रर्वद्धनमा विशेष पहल गर्ने प्रस्ताव छ ।

पुराना पाटीपौवा,धाराको संरक्षण गरि पुराना बजार क्षेत्रका बाटो, घर शहर भित्रका चौतारी, ढुंगेधारा, सार्वजनिक दिवाल आदि सबै संरचनालाई कलात्मक रुप दिने, पाहाडी भेगको सबैभन्दा ठुलो तानसेनको टुडिखेललाई स्तरउन्नती गरी टुंडिखेलको मुखमा रहेका अनावश्यक संरचना हटाई सुन्दरता कायम गर्ने, रानीमहलकाे प्रचारप्रसार गरी यसको बृहतत्तर पूर्वाधार निर्माण गर्ने, पाल्पाली करुवा, ढाकाको विश्वव्यापीकरण गरि विदेशी मुद्रा भित्राउन सकिने अवधारणा पत्रमा उल्लेख छ ।

पार्क उद्यान, तानसेन नगरपालिकाको वडा केन्द्र जोड्ने बाटोको कालोपत्रे गर्ने, तानसेनमा २४ सै घण्टा विद्युत आपुर्तिको सहज व्यवस्था मिलाउने, गुफाचौरमा गणेश मुर्ति स्थापना छिटो सम्पन्न गरि त्यस स्थानमा बोटानिकल गार्डेन बनाउने, हाल रहेको बसपार्कलाई बहुतले बसपार्क बनाउने, तानसेन वनदेवि बसपार्क निर्माणको कार्य सुरु गर्ने, एक घर दुई रुख रोपण योजना कार्यन्यनमा ल्याउने, तानसेनका विभिन्न वडामा राष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने, श्रीनगरमा तानसेन लेखेको विशाल बोर्ड राख्ने, साविक तानसेन १२ मा रहेको ल्यान्डफिल्ड साइड व्यवस्थित रुपमा सञ्चालनमा लगायतका याेजना छ ।

कार्यक्रममा जिल्लका सरोकारवला संविधान सभा सदस्य नारायणी शर्मा, पुर्व सांसद यादव बहादुर रायमाझी, नेकपाका नेता धनेन्द्र राज घिमिरे, ईतिहास विद् निर्मल श्रेष्ठ, कांग्रेसका कोषाध्यक्ष माधव जिसी, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवार, प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव, सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदरा प्रसाद नेपाल, बरिष्ठ पत्रकार मेघराज शर्मा, बुद्धिजीवि बुद्धि प्रसाद शर्मा, जिल्ला वन कार्यालयका प्रमुख डा.मोहन पौडेल, त्रिभुवन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख जिवन बहादुर थापा, युवाराज पौडेल, श्रीनगर एफ एमका अध्यक्ष भिमसेन कार्की,शिक्षक मथुरा ढकाल, प्रेस चौतारि पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, विद्यार्थी सविन सुवेदी लगायतले तानसेन विकासका प्रस्ताव तथा अवधारणाहरुका बारेमा रचनात्म सुझाव दिनुभयाे ।

कार्यक्रममा उठेका सुझाव एवं उठेका प्रश्नको प्रतिउत्तर दिर्दैं सांसद पाण्डेले तानसेनकै विकास लागि थप उठेका सुझावलाई प्रदेश सांसद ,जिल्ला समन्वय समिति,तानसेन नगरपालिकाका नगर प्रमुख,अन्य स्थानिय तहका प्रमुख उपप्रमुख, जनप्रतिनिधि, राजनैतिक दल, उद्योगी व्यवासायि,पत्रकार, नागरिक समाज लगायतसँग थप छलफल विमर्श गरि सुझाव संकलन गरि यसलाई अन्तिम रुप दिईने बताउनुभयो ।

सांसद पाण्डेको तानसेन विकासको यस प्रकारको प्रस्ताव एवं अवधारणालाई जिल्लाका सरोकारवालाले तानसेन नगरको विकासको नयाँ मोडल भएको विशलेष्ण गरेका छन । उक्त अन्तरक्रिया कार्यक्रम पाल्पा क्षेत्र नंम्बर २ का प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डेको अध्यक्षता,संविधान सभा सदस्य नारायणी शर्माको आथिथ्यता, नेकपा प्रचार विभाग प्रमुख गुँरास आत्रेयको सञ्चालन र सांसद पाण्डेका स्वकीय सचिव पदम गैरेको समन्वयमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update