X

तिनाउ गाउँपालिकाकाे सडक, कृषि र पर्यटन केन्द्रित कार्यक्रम (विस्तृतमा हेर्नुहाेस्)

पाल्पा–तिनाउ गाउँपालिकाले आगामी वर्ष सडक बिस्तार र स्तरउन्नतिलाई प्राथमिकतामा राखेर विकासको काम गर्ने नीति अघि सारेको छ । यस्तै खानेपानीको सहज उपलब्धता गरी पूर्ण सरसफाई युक्त समाज निर्माण गर्ने, कृषि र पशुपालनमा दुध, मासु र अण्डामा आत्मनिर्भर गाउँपालिका बनाउने नीति अख्तियार गरेको छ ।


सोमबार गाउँपाािलकाको सभाहलमा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले दोभान, मस्याम झुम्सा, कोलडाँडा, सत्यवती र ओखलढुंगालाई तरकारी उत्पादन क्षेत्र बनाउने, ओखलढुंगालाई माहुरी पालन र अम्रिसोको क्षेत्र बनाउने, सत्यवती, चौकीभन्ज्याङ्ग र कोलडांडा क्षेत्रलाई तेजपात र केरा उत्पादन क्षेत्र बनाउने नीति अख्तियार गरेको बताउनुभयो । उहाँले लगाड र मस्यामको उपल्लो क्षेत्रलाई कफि खेतीको संभावना भएकोले त्यस क्षेत्रलाई कफी उत्पादनको क्षेत्र बनाउने नीति रहेको बताउनुभयो ।


पालिकाले ल्याव सेवा, प्रसूती सेवा र रक्त संचार सेवा संचालन गर्ने गरी एउटा हाइवे स्वास्थ्य केन्द्र स्थापना गर्ने, होम बर्थलाई शुन्य बनाउन पनि गाउँपालिकाको योजना छ ।


आधारभूत तहका विद्यालयहरुमा आउँदो शैक्षिक सत्र देखि अनिवार्य रुपमा १ देखि ३ सम्मको कक्षामा अंगे्रजी माध्यमबाट अध्यापन गराइने कार्यलाइ निरन्तरता दिने, गाउँपालिका भित्रका दु्ई वटा मा.वि दोभान र तिलोत्तमा मा.मा परिक्षणको रुपमा कक्षा ९ र १० लाई आवाशीय कक्षालाई व्यवस्थित बनाउने, भुगोलका हिसाबले बिद्यार्थीको शिक्षामा पहँुच पुग्न कठिन महसुस भएका अरु थप २ विद्यालयमा आउने वर्षमा छात्रावासको ब्यबस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।


पर्यटनतर्फ पार्क निर्माण होम स्टे सन्चालन र प्रवद्र्धन सहित उच्च समस्थली भ–ूभागमा पोखरी र ताल तलैया निर्माण एवं संरक्षणका कार्यक्रमहरुलाइ निरन्तरता दिने तिनाउ गाउँपालिकाको योजना छ ।


पाँचौँ गाउँसभा ओम बहादुर घर्तीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुको सञ्चालनमा भएको हो । कार्यक्रमको उद्घाटन ५ नं. प्रदेशका सभासद् तुलाराम घर्तीमगर (वसन्त) गर्नुभएको थियो । कार्यक्रममा जिसस सदस्य ईन्द्रा चिदी, अमर प्रधान, दिल कुमारी रोका, लाल बहादुर थापा, दल बहादुर गुरुङ, चक्र ब्युह थापा लगायतले सुझाव राख्नुभएको थियो ।

बिस्तृत प्रतिवेदन हेर्नुहोस् :–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys