Erani Mahal
पाल्पा कारागारका कैदीबन्दीलाई ढाका र सजावटका सामग्री बनाउने तालिम
65054394_2422558057813186_4904729777312628736_n

पाल्पा-कैदीबन्दीहरूका लागि सजावटका र ढाकाका सामग्री बनाउने तालिम भएको छ । पाल्पा कारागारमा रहेका १५ जना महिला र १५ जना पुरुष कैदीबन्दीका लागि ढाकाको सामग्री र घर सजावटका सामग्री बनाउने दिइएको हो ।


यहाँका कैदीबन्दीको सीप र क्षमतामा विकास गरी उनीहरूको आयआर्जनमा बृद्धि गर्न तालिम गरिएको जेलर भक्तिसरा रानाले जानकारी दिनुभयो । तालिमको उद्घाटन गर्दै प्रमूख अतिथि पाल्पाका प्रमूख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले सीप सिकेर आयआर्जनमा सक्रिय हुन कैदीबन्दीलाई आग्रह गर्नुभयो ।

तस्विरहरू साैजन्य : भक्तिसरा राना ।


उहाँले कैदीबन्दी भएका बखत र कैद भुक्तानपछि पनि सिकेको सीप काम लाग्ने बताउनुभयो । ढाकाबाट ३० वटा प्रकारका सामग्री बनाउन सिकाइनेछ । कार्यक्रममा महिला तथा पुरुष चौकीदार, हेप्पी नेपालका प्रवन्धक धनबहादुर रुचाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका निमिक्त प्रमूख कृष्णराज सापकोटा, शसत्र प्रहरी पाल्पाका प्रमूख इश्वरीप्रसाद शर्मा, वम्हाविष्णु आधारभूत विद्यालय (कारागार)का प्रधानाध्यापक योगेन्द्रकुमार गैरे, उदयराज भटटराईलगायतको सहभागिता रहेको थियो ।


तालिम उद्घाटन कार्यक्रम जेलर भक्तिसरा रानाको सभापतित्व सिअहेब गणेशकुमार गैरेको संचालनमा सम्पन्न भएको थियो । ढाकाका सामग्री बनाउने तालिमका लागि ५ नं. प्रदेश सरकारको सहयोग छ भने सजावटका सामग्र्री बनाउने तालिम केन्द्रीय कारागारको कार्यक्रम अनुसार भएको हो ।

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update