Erani Mahal
रैनादेवी छहरा गाउँपालिकाद्वारा शिक्षा, कृषि र स्वास्थ्यमा जाेड
nnn

पाल्पा-रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७को वार्षिक नीति तथा कार्यक्रम पाँचौ गाउँसभाबाट पारित गरेको छ । रैनादेवी छहरा गाउँ पालिकालाई शान्ति विकास समृद्धि र सुशासन कायम गरेर आम नागरिकको जिवन स्तरमा गुणात्मक सुधार ल्याउने गरी विभिन्न विषय समेटेर निति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रमले बढी मात्रामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रबाट गाउँपालिकालाई समृद्ध बनाउने गरी कार्यक्रम आएको बताउनुभएको छ ।

कृषिमा परम्परागत र निर्वाहमुखी खेती प्रणालीलाई आधुनिक कृषि तर्फ उन्मुख गराउने कुरामा जोड दिएको छ भने पर्यटनको उत्तिकै सम्भावना रहेको यस गाउँपालिका भित्रको बल्डेङगढी, तिलकथान पार्क रैनादेवी मन्दिर, लगाएका धार्मिक क्षेत्रको विकास गरेर पर्यटन भित्राउने लक्ष्य समेत निति तथा कार्यक्रममा समेटिएको छ ।

शिक्षाको गुणस्तर बृद्धि गर्न हरेक वर्ष उत्कृष्ट विद्यालय,उत्कृष्ट शिक्षक,उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार गर्ने निति ल्याउने तयारी भएको छ । परम्परागत घरेलु तथा लघु उद्यमलाई विकास गर्न सहकारीको माध्यमबाट युवालाई स्वरोजगारको कार्यक्रम पेस भएको छ ।

खेलकुदबाट युवालाई खेलकुदमा आर्कषण गरिने कुरालाई जोड दिएको छ । सबै नागरिकलाई स्वास्थ्यको पहुचबाट नजिक राखी स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिइएको छ । ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको ३ महिनामा घरमै गएर स्वास्थ्य सेवा प्रदान गरिने छ । सबैका घरमा ‘एक घर–एक फिल्टर’ सहितको स्वस्थ खानेपानीको ब्यवस्था गरिने छ । सबै समुदायको भाषा कला र संस्कृतिको संरक्षण गर्ने निति आएको छ ।

गाउँपालिका भित्र रहेका महिलाले २ छोरी पाएर परिवार नियिोजन गर्नेलाई सम्मान गरिने समेत कार्यक्म आएको छ । सम्रगमा शिक्षा स्वास्थ्य खानेपानी सरसफाई कृषि पशुपालन स्वोराजगार क्षमता विकास जस्ता कार्यक्रमलाई उच्च प्राथमिकता राखेर निति तथा कार्यक्र लिएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीको भनाई छ ।


आर्थिक वर्ष ७६÷७७को वार्षिक निति तथा कार्यक्रम पाचौ गाउँ सभाबाट पारित समेत भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका प्रदेश संसाद तुलाराम घर्ती मगरले सम्रगमा गाउँ पालिकाको हितमा निति तथा कार्यक्रम आएको भएता पनि केही कुरा परिमार्जन गरेर बजेट ल्याउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रम गाउँ सभा सदस्यहरू कर्मचारी, पत्रकार, सरोकार वाला निकाएको उपस्थिति रहेको कार्यक्रममा प्रबक्ता बिष्णु पोखरेलको स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीको सन्चालन कार्यक्रम समपन्न भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update