Erani Mahal
अकला आधारभूत विद्यालयको ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस
tt

पाल्पा-अकला आधारभूत विद्यालय निस्दी-६, अर्चले, पाल्पाको ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थाम बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमूख अतिथि वडा नम्बर-६,अर्चलेका वडा सदस्य उजुर सिंह राना रहनुभएको हो ।

कार्यक्रममा बोल्दै मुख्य पाहुना रानाले विद्यार्थीहरुको शैक्षिक तथा शारीरिक बिकासमा शिक्षकको जिम्मेवारी महत्त्वपूर्ण रहने भएकोले त्यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयको प्रगतिको कामना गर्दै गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका शिक्षक लाल बहादुर बयम्बु,अर्चले स्वास्थ्य चौकीका प्रमुख देवती राना, अतिरिक्त हुलाकका प्रमुख तोल बहादुर राई लगायतकाले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक टीकाराम खङ्गाहाले आर्थिक वर्ष २०७४/०७५ को कुल १७ लाख ५० हजार बराबरको आम्दानी तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने शैक्षिकसत्र २०७५ मा शैक्षिक तथा विभिन्न खेलकुदमा राम्रो गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो।विद्यालयका शिक्षक श्याम बहादुर सिंजालीको स्वागत बाट शुरु भएको कार्यक्रमको सन्चालन जानुमाया खनगाहाले गर्नुभएको हो।

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update