Erani Mahal
तानसेनकाे वनदेवीमा बसपार्क बन्ने निश्चित भएकाे छ : नगर प्रमूख शाही
buspark-ko-adhyan-gardai-na-pa-pramokh

पाल्पा - लामो समयको कसरतपछि तानसेन नगरपालिकाले बसपार्क निर्माण गर्न वनदेवीको जग्गा प्राप्त गरेको छ । संघीय सरकारको मन्त्री परिषद्को बैठकले तानसेन नगरपालिकाभित्र बसपार्क बनाउन एक सय रोपनी जग्गा प्रदान गरेको छ । वि.स. २०५७ सालपछि निरन्तर रुपमा तानसेनमा बसपार्क बनाउने बहस हुँदै आएको थियो ।

तर जग्गा प्राप्तिमा समस्या भएपछि उपयुक्त बसपार्क बन्न सकेको थिएन । शुक्रबार मात्रै नेपाल सरकारको मन्त्री परिषद्को बैठकले वनदेवीको जग्गामा बसपार्क बनाउन दिने स्वीकृत गरेको छ । यसै सन्दर्भमा तानसेन नगरपालिकाका प्रमूख अशोक कुमार शाहीसँग गरिएको विशेष कुराकानी यहाँ प्रस्तुत गरिएको छ :-


प्रश्न : वनदेवीमा बसपार्क बनाउन नेपाल सरकारबाट स्वीकृति प्राव्त भएको हो ?
नगर प्रमूख :
यो कुरा सही हो । अब तानसेनको वनदेवीमा बहुउद्देश्यीय बसपार्क बनाउने बाटो खुलेको छ । वि.स. २०५७ सालदेखि नै हामीले बसपार्क बनाउन पहल गरेका थियौँ । मेरो पहिलो कार्यकालमै यो काम सुरु भएको हो तर यसले मूर्त रुप लिन सकेको थिए । पहिले अगाडि बढाएको १४ रोपनीमा मात्र प्रक्रिया अगाडि बढेको रहेछ तर त्यसले मात्र जग्गा नपुग्ने देखियो । त्यसपछि फेरी हाम्रो दोस्रो कार्यकालपछि यो प्रक्रियालाई अगाडि बढायौँ । वन कार्यालयमार्फत इआइए र पूरक इआइए गर्याे । कति रुख काट्नुपर्छ, कति जग्गा चाहिन्छ हामीले काम सुरु ग¥यो ।

मन्त्री परिषद्बाट निर्णय गर्न यो योजना (पि–वान) पहिलो प्राथमिकतामा पर्नुपर्ने रहेछ, पछि हामी योजना आयोगमा गएर पिवानमा पर्याे । र शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले बसपार्क बनाउन जग्गा दिने निर्णय गर्याे । हामीले यो कामलाई अगाडि बढाउन खासगरी संघीय सांसदहरू दलबहादुर राना, सोमप्रसाद पाण्डेय, नेकपाका युवा नेता ठाकुर गैरे, अन्य प्रदेशका सभासद् सहित राजनीतिक दललाई म यो अवसरमा सम्झन चाहन्छु । पूरक आइई गर्न एउटा समूहले विनाशुल्क नगरपालिकाको अवस्था बुझेर सहयोग गर्नुभयो, उहाँहरूलाई पनि सम्झन्छु ।


यो काम अब कसरी अगाडि बढ्छ ?
नगर प्रमूख
: यो वर्षदेखि नै रिटेनिङ् वाल बनाएर काम अगाडि बढाउँछौँ । यसलाई २ वटा किसिमबाट अगाडि बढाउँछौँ । एउटा पब्लिक प्राइभेट पार्टनरसीपको माध्यम् र अर्को नगरविकास कोषसँग सहकार्य गरेर अगाडि बढ्छौँ । यो जग्गा हामीलाई सबै चाहिन्न । ६० रोपनीमा बसपार्क र ३० रोपनीमा मिनि मार्केट बनाएर बढ्ने योजना छ । विभिन्न व्यक्तिलाई ३० वर्ष जग्गा लिजमा लिएर उनीहरुलाई व्यापारका लागि जग्गा दिने योजना छ । तानसेनमा अहिले पनि नीजि रातो प्लेटका गाडी बजारमै पार्किङ् गरेको देखिन्छ । सानो सानो बजार बनाएपछि त्यसबाट नगरपालिकाको वार्षिक आम्दानी बढ्छ भन्ने छ ।


बसपार्क बनाउन कति खर्च लाग्छ?
नगर प्रमूख
: लगानीकर्ताहरू पायौँ भने हामीले धेरै खर्च गरेर बनाउन पनि सकिन्छ । यदि त्यसो भएन भने नगरपालिकाकै स्रोत खर्च गरेर २५, ३० करोड लगानी गरेर बनाउन सकिन्छ । त्यो खर्च बन्ने बसपार्कबाटै उठाउन सकिन्छ भन्ने छ ।


कति समयमा बन्छ ?
नगर प्रमूख
: सकेसम्म छिटो, धेरै ढिलो भयो भने तीन वर्षभित्र बसपार्क संचालन गर्ने गरी हामी लाग्छौँ । हाम्रो कार्यकालको अन्तिम वर्षसम्ममा बसपार्कलाई पूर्ण बनाएर सञ्चालन गर्ने हाम्रो लक्ष्य हो ।


बसपार्क बनेपछि तानसेनका लागि के फाइदा हुन्छ ?
नगर प्रमूख
: बसपार्क बनेपछि पहिलो फाइदा यसले आन्तरिक आम्दानी बढाउँछ । दोस्रो तानसेनको ट्राफिक व्यवस्थापन राम्रो हुन्छ । तेस्रो रोजगारी सिर्जना गर्छ । व्यवसाय बढाउँछ, । अर्को कुरा बसपार्क त्यहाँ भएपछि फोहोर व्यउवस्थापनमा पनि सहज हुन्छ । शहर पनि व्यवस्थित बन्छ । बसपार्कको कारणले जहाँ पनि ट्राफिकिङ् गर्ने क्रम छ, त्यो घट्छ । यसले आन्तरिक तथा बाह्य पर्यटकको पनि बृद्धि गर्छ । किनेभने अहिले बसपार्क नहुँदा यहाँ भित्रिएका पर्यटक पनि बस पार्किङ् गर्न नपाएर तानसेनमा अडिएको अवस्था छैन । यो समस्यालाई पनि बसपार्कले समाधान गर्छ र यहाँ पर्यटकको संख्यामा पनि बृद्धि गर्छ । तानसेनको बजारलाई बिस्तार गर्न पनि बसपार्कले सहयोग पुग्छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update