Erani Mahal
रम्भा गाउँपालिकामा सय जना युवालाई राेजगार
IMG_5388-1

पाल्पा - रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सय यूवालाई रोजगारी प्रदान गरेको छ । गाउँपालिकामा बेरोजगार यूवाहरुले रोजगारीका आवेदन दिनेमध्ये सय जनाले स्थानीय तहमा रोजगारी पाउन सफल भएका छन् ।


प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गाउँपालिकामाम १४ लाख बजेटबाट स्थानीय तहमा यूवाहरुले रोजगारी पाउन सफल भएका हुन् । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीका अनुसारका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा सहदिखोला रानीबाँस मोटरबाटो स्तरन्नतिका लागि ४० यूवा, असर्दी रानीबाँस मोटरबाटोमा ३० यूवा र बेलपानी मौलादार मोटरबाट स्तरउन्नतिका ३० जना यूवालाई रोजगारी प्रदान गरेको छ ।

रोजगारी पाउनेहरुले दैनिक छ सय रुपैयाँमा ज्याला रहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले थप ५५ बेरोजगार यूवाहरुलाई रोजगारी प्रदान गर्ने तयारीमा रहेको छ । पाल्पा रम्भा गाउँपालिकाको हुमीनमा २५ र ताहुँ क्षेत्रमा ३० जनालाई रोजगारी प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष भण्डारीको भनाई छ ।


रोजगारी पाएका कामदारले आफ्नो क्षेत्रमा सडकको पहिरो हटाउन, नालीलाई व्यवस्थित बनाउने र घुम्तिहरु फराकिलो बनाउँदा यातायातका साधन सञ्चालनमा सहज हुने गाउपालिका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो । यसअघि रम्भा गाउँपालिकाले ३० जनालाइ मात्र राेजगार दिएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update