Erani Mahal
दुर्घटना न्युनीकरण गर्न अन्तरक्रिया कार्यक्रम
IMG_6933

पाल्पा - जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका सरोकारवलाहरुबीच भएको अन्र्तक्रिया कार्यक्रममा सहभागीले ट्राफिक सचेतनाको विस्तारविना दुर्घटना न्यूनिकरण गर्न नसकिने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक देवराज पौडेलले ट्राफिक दुर्घटना न्यूनिकरणका जिल्ला प्रहरी कार्यालय पाल्पाले ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक सचेतनाका कार्यक्रम गर्दै आएको बताउनुभयो । विकसित मुलुकमा दुर्घटना कम गर्न उच्चतम प्रविधिको प्रयोग भएपनि नेपालमा मानव जनशक्तिको प्रयोगले नै यथेष्ट दुर्घटना न्यूनिकरण गर्न सकिएको बताउनुभयो ।


दुर्घटना न्यूनिकरण गर्न एकलै ट्राफिक प्रहरीले मात्र गर्न नसक्ने भएकोले सवारी धनी, चालक, यात्रुको समन्वयमा दुर्घटना न्यूनिकरण गर्न सकिने प्रहरी निरिक्षक पौडेलले बताउनुभयो । श्रीनगर यातायात व्यवसायि समितिका अध्यक्ष डिल बहादुर ढुङ्गगानाले दुर्घटनाको न्यूनिकरण जरिवाना काटेरमात्रै नहुनेभएकोले चालक र यात्रुलक्षीत सचेतनाका कार्यक्रम विस्तार गर्नुपर्ने बताउनुभयो ।

पश्चिमाञ्चाल यातायात व्यवासायि संघका प्रमुख डोलराज भट्राईले दुर्घटनाले कसैको पनि भलो नगर्ने भएकोले यस तर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जिल्लाका ३० बढी विद्यालयमा सञ्चालन गरेको ट्राफिक दुर्घटना न्यूनिकरण गर्न सकिने विषयमा सञ्चालन गरेको निबन्ध लेखन प्रतियोगिता कार्यक्रममा प्रथम हुने जनता नमुना माध्यमिक विद्यालयका दिनेश गैरे, मोहोन कन्य माविकी रेखा सारु द्धितिय, प्रशान्ती चिल्ड्रन ऐकेडेमी सेकेण्डरी स्कुलकी अंजली विश्वकर्मा तृतीय र प्यारगन बोडिङ्ग स्कुलकी प्रिंयाका कुवर सान्तवना हुन सफल विद्यार्थीलाई स्टेशनरि सामाग्री सहित पुरष्कृत गरिएको छ ।

कार्यक्रममा सवारिचालक,शिक्षक शिक्षीका,विद्यार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख थानेश्वर पोखरेलको स्वागत र ट्राफिक प्रहरी साहायक निरिक्षक अर्जुन सुवेदीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update