Erani Mahal
गाउँ उज्यालाे बनाउन अर्चलेमा सोलार बितरण
fff

निस्दी गाउँपालिकाकाे वडा नम्बर-६,अर्चले, पाल्पामा प्रदेश नम्बर ५ सरकारबाट सोलार बितरण गरिएको छ । प्रदेश सरकारको ९० प्रतिशत अनुदान र उपभोक्ताको १० प्रतिशतमा २० वाटको सोलार बितरण गरिएको वडाध्यक्ष मेख बहादुर सुनारीले जानकारी दिनुभएको छ।

पहिलो पटक अर्चलेका ९३ घरधुरीलाई वितरण गरिने सोलार पाए पछि स्थानीय बासिन्दा खुशी भएका छन् ।

गाउँमा बिजुलीको खम्बा आए पनि बत्ती नआएको र सौर्य शक्तिबाट भएपनी राती अध्यारोमा बस्न नपर्ने भएपछि स्थानीय खेम बहादुर बिकले खुशी हुँदै बताउनुभयो।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update