Erani Mahal
जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
553

निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को लक्षितवर्ग कार्यक्रम अन्तर्गत मित्यालका विभिन्न विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई प्रतिव्यक्ति ३ हजारका दरले छात्रवृत्ति वितरण गरेको हो।

मित्याल सामुदायिक विकास कृषि वाहुउद्देश्सीय सहकारी संस्था मित्यालका अध्यक्ष हुम बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा निस्दी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष न्यो बहादुर सुनारी , कार्यपालिका सदस्य हेमकुमारी सुनारी वडा सदस्य मन प्रसाद सोती , रन बहादुर गाहा , शान्ति दमाई लगायतले बोल्नुभएको थियोे। कार्यक्रमको संचालन सहकारी संथाका व्यवस्थापक हेम बहादुर खाम्चाले गर्नुभएको थियोे।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update