Erani Mahal
निस्दीमा मगरभाषा र संस्कृती सम्बन्धी अभिमुखीकरण
dddd

पाल्पा-निस्दी गाउँपालिका वडा नम्बर ६,अर्चले,पाल्पामा मगरभाषा र संस्कृती सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम शनिबारदेखि शुरु भएको छ । आदिवासी जनजाति समन्वय समिति निस्दी-६,अर्चले,पाल्पाको आयोजना र निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोगमा कार्यक्रम चलेको हो।

समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो।कार्यक्रममा बोल्दै मुख्य पाहुना सुनारीले मगरभाषाको पहिचान गर्न पछिल्लो पुस्ताले जोड दिनुपर्ने बताउदै लोप हुन खोजेको आफ्ना संस्कृतीलाई बचाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा निस्दी गाउँ कार्यपालिका पाल्पाका सदस्य मिम्श्री बयम्बु,वडा सदस्य उजुर सिंह राना लगायतकाले बोल्नुभएको थियो।आज र भोलि हुने कार्यक्रमको सहजीकरण आदिवासी जनजाति महा संघ पाल्पाका अध्यक्ष केहर सिंह राना र संस्थापक अध्यक्ष गम बहादुर थापाले गर्नुभएको हो।जम्मा ३७ जनाको सहभागिता रहेको कार्यक्रमको सन्चालन सचिव होम राई मगरले गर्नुभएको हो।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update