Erani Mahal
ठूला र साना सबैको लागि कानुन एउटै हो : न्यायधीश बराल
IMG_1897

पाल्पा - जिल्ला अदालत पाल्पाको आयोजनामा समुदाय समक्ष अदालत कार्यक्रम शुक्रबार ताहुँमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश शंकरराज बरालले कानुनको अनविज्ञता क्षम्य नहुने बताउनुभयाे ।

धनि र गरीब तथा ठूला र साना सबैको लागि कानुन एउटै हो उहाँले भन्नुभयाे कानुनको बारेमा सबै जानकार हुनुपर्दछ। बाहिर भ्रम फैलाएजस्ते अदालत नभएको न्यायाधीश बरालले बताउनुभयाे । उहाँले आफू अन्यायमा परेको महसुस भएमा विधि र प्रक्रिया पु¥याएर अदालत आउनुस् हामी न्याय दिएर पठाउने छौ । यद्यपि मुद्दाको प्रकृति हेरेर छिटो वा ढिलो मुद्दाको टुंगो लाग्ने उहाँको भनाई छ।

न्यायाधीश बरालले नैतिकताको धरातल भुल्न नहुने भन्दै गलत कार्य गर्नेलाइ कानुनले नछाड्ने बताउनुभयाे । उहाँले पछिल्लो समयमा जिल्लामा लागु औषध कारोबार तथा सेवन, सम्बन्ध विच्छेद र जवरजस्ती करणीका मुद्धा बढेको बताउनुभयाे । सोही क्रममा उहाँले नयाँ कानुनी संहिताको बारेमा समेत सहजीकरण गर्नुभएकाे थियाे ।

कार्यक्रमा जिल्ला न्यायधिवक्ता कृष्णचन्द्र पाण्डेले सरकारवादी मुद्धा र अन्य प्रकृतिका मुद्दाका बारेमा सहजीकरण गर्नुभयाे । यस्तै अदालतका वैतनिक वकिल गीता शर्माले गरिव तथा असाहय पीडितको पक्षमा निशुल्कः वहस पैरवीको व्यवस्था अदालतमा रहेको बताउनुभयाे । नेपाल बार एशोसिएसन पाल्पाका सदस्य अधिवक्ता शान्ति बश्यालले व्यवसायीक वकिलको भूमिका बारेमा स्पष्ट पार्नुभयाे । ४० हजारभन्दा न्यून आय भएका पीडित पक्षको लागि बार अन्तर्गत सहायता कक्ष रहेको र सम्पूर्ण मुद्दाको प्रक्रियामा निशुल्क सहयोग गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयाे ।

नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा र रम्भा वहुमुखी क्याम्पसका प्रमुख दुर्गा प्रसाद अधिकारीले ग्रामिण भेगमा रहेको नागरिकलाई कानुनी प्रक्रियाबारे सचेत गराउन सके घट्ना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयाे । रम्भा गाउँपालिका–५ ताहुँका वडा अध्यक्ष खुमाकान्त बश्यालको सभापतित्वम भएको कार्यक्रममा सहभागीका तर्फबाट मनकुमारी सुनार, चन्द्रुकुमारी श्रेष्ठ, लक्ष्मी विक, सरिता सुनार, बलबहादुर विक लगायतले लेनदेन, श्रीमान श्रीमतिबीचको भैझगडा, अंशका सम्बन्धमा जिज्ञासा राख्नुभएकाे थियाे ।

अदालतका तहशीलदार भेषराज खनालले संचालन गरेको कार्यक्रममा श्रेष्तेदार कृष्णमुरारी सिग्देलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा वडा भरीका करिव ६० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update