Erani Mahal
निस्दीमा प्रधानमन्त्री राेजगार कार्यक्रम सुरू, ८४ जनालाइ राेजगार
65251768_846312242408909_6303243481909297152_n

पाल्पा - निस्दी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । निस्दी गाउँपालिकाले यस आर्थिक वर्षमा ८४ जना बेरोजगार युवाहरूलाई दैनिक ज्यालादारीमा गाउँपलिकाले रोजगार दिन शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले बताउनुभयो।

अहिले यी व्यक्तिहरूलाई गाउँपालिकाको मतहातमा आ-आफ्नो वडाले परिचालन गर्ने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा छ्नौट भएका व्यक्तिहरुले आ-आफ्नो वडाको निर्णय अनुसार सडक मर्मतको काम गर्ने रोजगार संयोजक विशाल मिश्रले बताउनुभयो ।

पाल्पाकाे रम्भा गाउँपालिका, तानसेन नगरपालिका, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकाेट गाउँपालिकामा समेत प्रधानमन्त्री राेजगार कार्यक्रम सुरू भइसकेकाे छ ।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update