X

लोकसेवा आयोगको सर्वर समस्याले हजारौं प्रतिस्प्रर्धि फारम भर्नबाट बन्चित

रानीमहल संवाददाता || ५ असार २०७६,बिहीबार ०५:४९

पाल्पा, लोक सेवा आयोगको सर्वरको समस्याले गर्दा दैनिक हजारौं सेवा ग्राहीले फारम भर्नबाट बन्चित हुनु परेको छ ।


गत शुक्रवार पछि आयोगको साइट क्लिक गर्नेको संख्या बढी भएपछि सर्वर स्लो भएको थियो । आयोगले भने सर्वरको समस्या हल गर्न दोव्वर पारेर प्रतिमिनेट एक सय पुर्याएको भएता पनि फारम भर्न भने कठिनाइ भएको छ ।


लोक सेवाले स्थानीय तहका लागि अहिले सम्म दुईलाख बढीले आवेदन भरी सकेका छन् । आयोगले पहिले फारम सवमिट गरेकाले लग आउट गरेर सिस्टम स्लो हुनबाट बचाउन सहयोग गर्न आग्रह समेत गरेको छ ।


सर्वर समस्याले गर्दा ३ गते सम्मको म्याद रहेकोमा ७ दिन बढाएर १० गतेसम्म पुर्याइएको छ तर चापको कारणले उस्तै समस्या भोग्नु परेको सेवाग्राहीको गुनासो रहेको छ ।

स्थानीय तहका कूल ९,१६१ पदका लागि विज्ञापन मा असार ३ गते सम्मको दरखास्त विवरण दुइलाख पुगेको छ ।


आयोगमा अहिलेसम्मको फारमको दैनिक कति दरखास्त प्राप्त भए ?  हेर्नुहोस् ।

जेठ 15 – 1542
जेठ 16 – 2574
जेठ 17 – 3656
जेठ 18 – 2548
जेठ 19 – 5813
जेठ 20 – 6027
जेठ 21 – 7610
जेठ 22 – 7287
जेठ 23 – 8403
जेठ 24 – 8858
जेठ 25 – 5340
जेठ 26 – 10464
जेठ 27 – 9607
जेठ 28 – 7895
जेठ 29 – 12577
जेठ 30 – 13239
जेठ 31 – 13278
जेठ 32 – 22179
असार 1 – 10332
असार 2 – 14024
असार 3 – 18261

असार ४ – 16035


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys