Erani Mahal
१३ वर्षदेखि फरार अभियुक्तलाई पाल्पा प्रहरीले पक्राउ गर्‍याे
64600803_624006274762134_445392923253538816_n

पाल्पा - व्यक्तिकाे हत्या गरी १३ वर्षदेखि फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेकाे छ । तानसेन १२ बाैघापाेखराथाेकका ३८ वर्षिय सुनित भन्ने टुकलाल भट्टराइलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे छ ।

स्याङ्जा साविक जगत्रदेवी २, बस्ने २४ वर्षका राजु न्याैपानेकाे हत्यामा संलग्न रहेकाे र पुनरावेदन अदालतले १९ वर्ष जेल सजाय ताेकेपछि फरार भएका भट्टराइलाइ प्रहरीले बुटवलबाट पक्राउ गरेकाे जनाएकाे छ । २०६४ भदाैँ २ गते भट्टराइ सहित दुइ जना मिलेर न्याैपानेकाे धारिलाे हतियार प्रयाेग गरी साविक दाेभान गाविस ५ कदमबासमा हत्या भएकाे थियाे ।

हत्या पश्चात पक्राउ परेका भट्टराइलाई जिल्ला अदालत पाल्पाले निर्दाेष ठहर गर्दै थुनामुक्त गरेकाे थियाे तर पुनरावेदन अदालतले पुन दाेषाी ठहर गरेकाे थियाे ।

भट्टराइ १३ वर्षदेखि भारतमा लुकीछिपी बस्दै आएकाे र नेपालमा आएकाे बेला पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका निमिक्त प्रमूख प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटाले जानकारी दिनुभयाे । उनलाइ मंगलबार बुटवलबाट पक्राउ गरिएकाे हाे ।

साे घटनामा संलग्न अन्य २ जनाले भने कैद भुक्तान गरिसकेका छन् । एक जना महिलासँग २ जना पुरूषकाे प्रेम सम्बन्धका बारेमा विवाद हुँदा घटना भएकाे प्रहरीकाे भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update