Erani Mahal
जल्पामा परजीवि नियन्त्रण तथा पशु स्वास्थ्य शिविर सम्पन्न
64616584_595402274283887_8961466425793314816_n

पाल्पा - पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पामा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको आयोजना र वडा कार्यलयको समन्वयमा एक दिने परजीवि नियन्त्रण तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाका वडा अध्यक्ष निर बहादुर सारुले यस्तो किसिमको शिविरले पशुहरुमा रहेको रोगको पहिचान गरी उपचार गर्नाले पशु ब्यवसायवाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो ।

शिबिरमा ४५ जना पुरुष र ८८ जना महिला को भैसी १ सय ४७ वटा, गाई १सय १८ वटा, बाख्रा १२सय ८० वटा, वंगुर १ सय १२ वटा, कुखरा १३ सय २७ वटा, र हास १५ वटा सेवा लिएका थिए। कार्यक्रममा जुका, माटे, जुम्रा, किर्ना, उपियाँ, लुतो , खुईरो, छेरौटे, झोक्याउने, अपच बिरुद्व औषधी र बिषदीहरु नि-सुल्क रुपमा बितरण गरेको थियो ।

तीन/तीन महिनामा आन्तरिक परजिवी बिरुद्व उपचार गराउनुपर्ने प्राबिधिक सल्लाह सुझाबहरु समेत दिनुभएको थियो । कार्यक्रम पुवखोला गाउँपालिका पशु स्वस्थ्य शाखा प्रमुख मिन बहादुर केसीको स्वागत मनतब्य, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा पशु प्राविधिक दान बहादुर कँवरकाे अध्यक्षतामा र हुम बहादुर झेडीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update