X
5
Shares

उच्च रक्तचाप कसरी हुन्छ ? बच्न के गर्नुपर्छ ?

रानीमहल संवाददाता || २ असार २०७६,सोमबार १६:५१

शरीरका विभिन्न भागमा रगत पुयाउने क्रममा मुटुले नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ, त्यो नै रक्तचाप हो । सामान्य भाषामा भन्दा रक्तचाप भन्नाले रगतले रगतका नलीमा दिने चाप भन्ने बुझिन्छ । रक्तचाप कहिले बढी त कहिले कम भइरहन्छ ।

रक्तचाप बढेको अवस्थामा मुटु र रक्तनली लामो समयसम्म दबाब पर्छ । जसले गर्दा मुटुमा नकारात्मक असर पार्नुका साथै विभिन्न स्वास्थ्य समस्यासमेत निम्तिन्छन् ।

लक्षण
अधिकांशमा उच्च रक्तचापका लक्षण देखा पर्दैनन् । तर, शरीरभित्र असर पु¥याइरहेको हुन्छ । थोरै प्रतिशतमा भने रिंगटा लाग्ने, चिढचिढापन हुने, मुटुको धड्कन र नाडीको गति बढ्ने लक्षण देखिन्छन् । त्यस्तै, कतिपयमा सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने र बेहोस हुनेजस्ता लक्षण देखापर्छन् ।

कारण
सामान्यतया, अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, तनावयुक्त वातावरण तथा स्वास्थ्यप्रतिको बेवास्ताजस्ता कारणले रक्तचाप बढ्ने गर्छ ।
कुनै बच्चामा जन्मजात नै नसा साँघुरो हुने समस्या भएमा उच्च रक्तचापको समस्या हुने गर्छ ।

त्यस्तै रक्तनली कडा भएर साँघुरो हुने समस्या भएमा समेत उच्च रक्तचापको जोखिम हुन्छ । रक्तनलीभित्र बोसो वा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न नसकेमा रक्तचाप बढ्छ ।

खानामा नुनको बढी प्रयोग, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी खानाले रक्तचाप बढ्छ । त्यस्तै, पौष्टिक आहार कम खाने मानिसमा पनि उच्च रक्तचापको जोखिम बढ्छ ।

धुम्रपान–मध्यपान गर्ने मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । साथै, अत्यधिक चियाकफीको सेवनले पनि रक्तचाप बढाउँछ ।

तौल नियन्त्रण गर्न नसकेमा अर्थात् मोटोपनाको समस्या भएका मानिसमा पनि यसको जोखिम रहन्छ । त्यस्तै, अनिद्रा, मुटुसम्बन्धी रोग, हार्मोनमा गडबडी र लामो समयसम्म औषधिको सेवन पनि रक्तचापका कारण हुन् ।

मिर्गौला, कलेजो, रगत तथा फोक्सोसम्बन्धी रोगका कारण रक्तचाप बढ्ने गर्छ । साथै, वंशाणुुगत गुणका कारणसमेत रक्तचाप बढ्छ ।

बच्ने उपाय
उच्च रक्तचापका लक्षण हत्तपत्त देखिँदैन । त्यसैले, यसका रोगीमध्ये अधिकांशको ज्यानै जाने खतरा हुन्छ । तसर्थ, निरोगी मानिसले पनि नियमित रगत परीक्षण गराइराख्नुपर्छ ।

स्वस्थ जीवनशैली अपनाउनुपर्छ । खानपानमा ख्याल, नियमित व्यायाम, धूम्रपान तथा मद्यपानबाट टाढा रहनुपर्छ । तौल तथा तनाव व्यवस्थापन गर्नुपर्छ । लामो समयसम्म औषधिको सेवन गर्दा ध्यान दिने गरेमा उच्च रक्तचापबाट बच्न सकिन्छ ।

मिर्गौला, मुटु, प्यांक्रियाज, कलेजो र फोक्सो, आदिमा आएको खराबीले पनि उच्च रक्तचाप हुन सक्छ । तसर्थ, यस्ता समस्या समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys