Erani Mahal
नेपाली किशाेरी बेचबिखन अभियाेग लागेका तीन भारतीय पुर्पक्षका लागि थुनामा
pakrau-palpa-1

पाल्पा - जिल्ला अदालत पाल्पाले तीन जना भारतीय युवकलाइ पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेकाे छ । जिल्ला न्यायधीश शंकरराज बरालकाे एकल इजलाशले नेपाली किशाेरी बेचबिखनकाे अभियाेग लागेका तीन जना भारतीय युवकलाइ पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे ।

उनीहरूलाइ मानव बेचिबखन सम्बन्धी मुद्धा अनुसार पुर्पक्षका लागि थुनामा राख्न आदेश भएकाे अदालतका श्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभयाे ।

दुई बालिकासहित एक युवतीलाई विवाह गरेकाे नाटक गरेर भारततर्फ लैजाने क्रममा पाल्पा प्रहरीले भारत बिहारस्थित बेतियाका २१ वर्षिय मनोहर कुमार, २० वर्षका अभिजित कुमार र १९ वर्षका कालु कुमारलाई एक महिनाअघि पक्राउ गरेको थियाे । अनुसन्धान पछि उनीहरूलाइ अदालतमा पेश गरिएकाे थियाे ।

फाइल तस्विर : इरानीमहल ।

गुल्मी जिल्ला धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले बिवाह गर्ने भनी प्रेममा पारेर भारततर्फ लगेका थिए । गुल्मीको तम्घासबाट भारततर्फ लैजाने क्रममा बालिका र युवतीसँगै तीन युवालाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरेको थियाे ।

दुई बालिका सहित युवतीलाई उद्दार गरी उनीहरूलाई परिवारको जिम्मेवारी लगाइएको प्रहरीले जनाएको छ । युवाले तम्घासबाट भारत जानका लागि बुटवलसम्मका लागि अर्कै व्यक्तिको नाममा बसको टिकट काटेका थिए । पीडित युवतीहरू क्रमस २०, १५ र १४ वर्षका रहेका छन् ।

गुल्मी तम्घासका हाेटलमा काम गर्ने ती किशाेरीहरूलाइ भारतबाट काम गर्न आएका युवाले फकाएर भगाएकाे स्राेतकाे दावी छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update