Erani Mahal
ट्याङ्कीमा डुबेर महिलाकाे मृत्यु
014d27c0-907e-3fc0-bff8-766cc1ae77ec_1556512016

गुल्मी - पानीकाे ट्यांकीमा डुबेर गुल्मीमा १ जना महिलाको ज्यान गएको छ । गुल्मीस्थित दरबार गाउँपालिका–७, ठूलीचौर निवासी ३५ वर्षीया मीना थापाको ट्यांकीमा डुबेर ज्यान गएको प्रहरीले जनाएकाे छ ।

थापाकाे सोमबार बिहान घरमै रहेको प्लाष्टिकको ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभयाे।

थापाको शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम तम्घास ल्याइएकाे छ । घटना के कसरी भएकाे भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update