Erani Mahal
पाल्पा जिल्ला अदालतमा जजक र सम्बन्ध बिच्छेदकाे मुद्धा संख्या बढ्याे
33

पाल्पा - जिल्ला अदालत पाल्पामा गत वर्षकाे भन्दा याे चालु वर्षमा मुद्धाकाे संख्यामा दाेब्बरले बढेकाे छ । गत आवमा तीन सय ननाघे पनि याे वर्षकाे जेठ मसान्तसम्ममै ५ सय ५९ मुद्धा अदालतमा दर्ता भएका छन् ।

गत २०७५ भदाैँ १ गतेबाट नयाँ संहिता लागू भएपछि मुद्धाकाे संख्यामा बृद्धि भएकाे पाल्पा जिल्ला अदालतकाे भनाइ छ । विगतका वर्षहरूकाे तुलनामा जबर्जस्ती करणी, सम्बन्ध बिच्छेद, अंश मुद्धा, सचेतनाले गाउँकाे मुद्धा अदालतसम्म आएकाले अदालतमा मुद्धाकाे संख्या बढेकाे न्यायधीश शंकरराज बरालले जानकारी दिनुभयाे ।

मुद्धाकाे संख्या बृद्धि हुनुमा पहिलाे कारण नयाँ संहिता अनुसार पुरूषले समेत सम्ब्न्ध बच्छेदकाे मुद्धा दिन पाउनु हाे न्यायधीष बरालले भन्नुभयाे ट्रिपर संचालन बढेसँगै जजक सम्बन्धी मुद्धा पनि बढ्याे ।

जिल्ला अदालत पाल्पाका न्यायधीश शंकरराज बराल दायाँ र श्रेस्तेदार कृष्णमुरारी सिग्देल । तस्विर : इरानीमहल ।

पहिले मुद्धा मामिला गाउँमा मिलाउने प्रचलन पनि थियाे अहिले सचेतनाका कारण अदालत र प्रहरीसम्म मुद्धा आउने क्रम पनि बढेकाे छ । बरालले पछिल्लाे समयमा अनाैठा खालमा मुद्धा पनि अदालतसम्म आउने गरेकाे बताउनुभयाे । काेही मानिसले आत्महत्या गरेकाे छ भने आत्म हत्या गर्न बाध्य बनाउने बिरूद्धमा पनि मुद्धा दायर भएकाे छ उहाँले भन्नुभयाे ।

अदालतले हरेक दिन साताकाे याेजना बनाएर कानुन अनुसार मुद्धाकाे किनारा लगाएकाे अदालतका श्रेस्तेदार कृष्ण मुरारी सिग्देलले बताउनुभयाे । अदालतका अनुसार अहिलेसम्म ६४ जना पुरूषले सम्बन्ध बिच्छेदका लागि अदालतम मुद्धा दिएका छन् । यस्तै १३६ मुद्धा महिलाले सम्बन् बिच्छेदका लागि मुद्धा दर्ता गरेका थिए ।

पाल्पा अदालतमा याे चालु आवमा दुनियाँबादी देवानी मुद्धा ५ सय ५९ परेकाेमा ३ सय ६१मुद्धाकाे फर्छ्याैट भएकाे छ । बाँकी १ सय ६१मुद्धाकाे किनारा लाग्न बाँकी छ । अदालतले फास्ट ट्रयाककाे माध्यमबाट समेत मुद्धाकाे टुंगाे लगाएकाे छ ।

अदालतलाेअहिलेसम्म पक्राउका लागि प्रहरीले ७५ थान मुद्धामा ८१ जनालाइ पक्राउ गर्न अनुमति दिएकाे छ । नयाँ कानुन अनुसार अहिले अभियुक्तलाइ पक्राउ गर्नुपूर्व अदालतमा प्रहरीले सहमति लिनुपर्छ । यस्तै २४ थान मुद्धामा १ सय १४ जना अभियुक्तलाइ पक्राउ गर्न अदालतले अति जरूरी पक्राउ पुर्जी दिएकाे अदालतका श्रेस्तेदार सिग्देलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update