Erani Mahal
दलित महिला जनप्रतिनिधिको घरमूली अभिमुखीकरण
1X0A6312-1

पाल्पा - दलित महिला केन्द्र नेपालद्धारा निर्वाचित दलित महिला जनप्रतिनिधिको घरमूली अभिमुखीकरण तानसेनमा सुरु भएको छ । अभिमुखीकरण सोमबारसम्म सञ्चालन हुनेछ ।

निर्वाचित दलित महिला जनप्रतिनिधिक राजनीतिक सशक्तिकरण परियोजना अन्तरगत घरमुली अभिमुखीकरण गर्न थालेको हो । दलित महिला जनप्रतिनिधिलाई दोहोरो भूमिका रहेको घरासी काममा पुरुष अभिभावकको सहयोग गर्दा जनप्रतिनिधिका जिम्मेवारी वहन गर्न सहज हुने छ ।

पाल्पा जिल्लाको रामपुर नगरपालिका, तानसेन नगरपालिका, रम्भा, पूर्वखोला, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाका दलित महिला जनप्रतिनिधिका अभिभाकको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण तालीम पहिलो दिनमा लैगिंक समानता र सामाजिक समावेशीकरण, निर्वाचित महिला जनप्रतिनिधिको कार्य बोर्ध, विश्लेषण, त्यसमा पूरुषहरुको भूमिका, लैगिक भूमिका र रुपान्तरणकाको महत्व किन, राजनैतिक तथा सामाजिक भूमिकालाई प्रभावकारी बनाउन परिवारका सदस्यहरुको साथ, सहयोग र अनुकुल वातावरणको सिर्जना कसरी गर्न सकिन्छ र निर्वाचित दलित महिला जनप्रतिनिधिहरुको भूमिका र जिम्मेवारीका बारेमा परिवारका सदस्यहरुलाई जानकारी गराउने लगायतका विषयमा छलफल केन्द्रीत रहेको थियो ।

अभिमुखीकरणको पहिलो दिन डा. संग्रामसिंह लामा, दलित महिला केन्द्रका शान्ताराज थापा, कृष्ण दर्नाल सहजीकरण गर्नुभएको थियो । डा. संग्रामसिंह लामाले कुनै पनि व्यक्तिलाई जाति लिंग, धर्म आदिको कारणले भेदभाव नगरी समान दृष्टिले हेर्नु समानता रहेको बताउनुभयाे। कार्यक्रममा दलित महिला केन्द्रका शान्त थापाले दलित महिला जनप्रतिनिधिलाई अभिभावकको ठुलो सहयोग चाहिएको बताउनुभयाे ।

दलित महिला केन्द्रका कृष्ण दर्नाले जननिर्वाचित दलित महिला जनप्रतिनिधिको अर्थपूर्ण सहभागीता र नेतृत्वदायी भूमिका खेल्न सकेको अवस्थामा सिर्जना गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा दलित महिला केन्द्रका मेन्टर सुनिता गौतम र शुशिला गाहाको समेत उपस्थिति रहेको थियो ।


कार्यक्रममा दलित महिला जनप्रतिनिधिका अभिभावकले जातीय विभेद कायम रहेको र दलित महिलाहरुले सशक्तिकरण अभियान सञ्चालन गर्न आवश्यक रहेको जानकारी दिनुभयाे । सोमबार दलित अगुवा पशुराम रम्तेलले सहजीकरण गर्नुहुनेछ ।

प्रकाशित मिति: आइतबार, असार १, २०७६  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update