पाल्पाकाे निस्दीमा बसकाे ठक्करले दुइ जना घाइते

रानीमहल संवाददाता || १ असार २०७६,आईतवार २१:४९
पाल्पा – बुटवलबाट पाल्पाको रामपुर तर्फ आउँदै गरेको बसले निस्दी गाउँपालिका मित्यालमा मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका छ्न् ।
लु१ख ९४८३ नम्बरको बसले विपरीत दिसातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार मित्यालका भुपिन्द्र सुनारी र सन्तवीर सुनारी घाइते हुनुभएकाे हाे ।

घाइतेहरुको तानसेनस्थित युनाइटेड मिशन हस्पिटल पाल्पामा उपचार भएको र अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ । बस र बसका चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख गीर बहादुर थापाले बताउनुभएको छ ।