Erani Mahal
तानसेनमा महिला र विदेशबाट फर्किएका युवालाई राेजगारी
64575603_1208039429406913_7186857961392701440_n

पाल्पा - तानसेन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यहाँका युवा तथा महिलालाइ रोजगारी दिएकाे छ । विदेशमा बसेर फर्किएका युवा र घरमै बेरोजगार भई बसेका महिलाहरूलाइ एक महिनाको रोजगार तानसेन नगरपालिकाले दिएकाे छ ।

तानसेन नगरपालिकामा रोजगार पाउँ भनी एक हजार तीन सय ७० जनाले निवेदन दिएका थिए । तीमध्ये एक सय ८५ जनालाई भौतिक पूर्वाधार निर्माण गर्ने गरी आइतबारदेखि रोजगार दिइएकाे तानसेन नगरपालिकाका नगरप्रमूख अशोककुमार शाहीले बताउनुभयो ।

१४ वटा वडाबाट सङ्कलन गरिएको निवेदनमध्ये अहिले तत्कालका लागि अपाङ्ग, युवा, एकल महिला र विदेशबाट फर्किएका युवा गरी एक सय ८५ जनालाई एक महिना रोजगार दिएको रोजगार संयोजक कलश न्यौपानेले बताउनुभयो ।

पहिले घरमै काम नपाएर बसेकी तानसेन–१२, बौघागुम्हाकी लक्षमी विकले रोजगार पाएकोमा खुसी लागेको बताउनुभयो । सधैँ घर बसेर घरायासी काम गरेकी थिए, अब राेगजार पाइयाे यसैमा खुसी छु उहाँले भन्नुभयाे आफूहरू जस्ता एकल महिलालाई बाह्रै महिना रोजगारी दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले विदेशमा लामो समय बसेर फर्किएका युवालाई समेत उत्साहित बनाएको छ । विदेशमा आठ वर्ष काम गरेर फर्किएका तानसेन–६, कुनसरेका वीरबहादुर घर्तीले विदेशमा दुःख पाएर फर्किएकाे बताउँदै राेजगार पाएकाेमा उत्साहित भएकाे बताउनुभयाे ।

तानसेन नगरपालिकाले अहिले सडक मर्मत, नयाँ ट्रयाक खाेल्ने, नाली निर्माण, वृक्षा राेपण जस्ता काममा उनीहरूलाइ लगाउनेछ । निवदेन धेरै परेपनि उनीहरूलाइ छनाैँट गरेर अहिले केहीलाइ मात्र राेजगार दिएकाे तानसेन नगरपालिकाका नगरप्रमूख शाहीले बताउनुभयाे ।

पाल्पामा बगनासकाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ७२ जनालाई रोजगार दिएको छ । आइतबार देखि बगानसकाली गाउँपालिकाले सडक नाली मर्मत, सडक विस्तार लगायतका काम गर्ने गरी बेरोजगार सुचिमा नाम दर्ता गरेका युवालाई एक महिनाको रोजगार दिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।


यसअघि रम्भा, रामपुर, रिब्दीकाेट गाउँपालिकाले समेत प्रधानमन्त्री राेजगार कार्यक्रम सुरू गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, असार १, २०७६  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update