Erani Mahal
तिनाउँ गाउँपालिका स्तरीय चित्रकला प्रतियोगिता
64490230_445504079335891_686189590393913344_n


पाल्पा– तिनाउँ गाउँपालिका शिक्षा शाखाको आयोजनामा पालिका स्तरीय चित्रकला प्रतियोगिता भएको छ ।

१७ वटा विद्यालयका विद्यार्थीहरुबिचमा भएको प्रतिस्प्रर्धामा छात्रतर्फ थानीडाँडा मावि छात्र दिनेश घर्ती प्रथम, तिलोत्तमा माविका दिनेश रास्कोटी दोस्रो र जनदीप मावि डुम्रेका दिलिप तामाङ्गले तेस्रो स्थान हाँसिल गरे ।

यस्तै छात्रातर्फ आर्दश आधारभूत कोल्डाँडाका तिर्सना मिधुन प्रथम, आर्दश प्रावि ज्यामिरेका सुशिला पुलामी दोस्रो, जनदिप मावि डुमे्रका अविसा दिशुवा तेस्रो भएकी छन् ।

प्रतियोगिताको विजयीलाई गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले पुरस्कार तथा बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा शिक्षा शाखा अधिकृत लक्ष्मी कुँवर, स्रोत व्यक्ति गोपाल कुँवर, लेखाअधिकृत केदार घिमिरे लगायतले चित्रकला प्रतियोगिता र महत्वबारेमा बोल्नु भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  २३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update