X

किसानलाई उत्पादनका उत्पादनमा आधारमा प्रोत्साहन रकम

रानीमहल संवाददाता || ३२ जेष्ठ २०७६,शनिबार २१:०३

बुटवल – तिलोत्तमा–१३ र १४ टिकुलीगढ रुपन्देहीका तीन सय ४३ दुग्ध उत्पादक कृषकहरुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट उत्पादनको आधारमा प्रति लिटर एक रुपैयाँ ९२ पैसाका दरले उत्पादनमा आधारित कृषि प्रोत्साहन पाएका छन् ।

श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आवद्ध कृषकहरुलाई संस्था मार्फत वितरण गरिएकोप्रदेश सरकारको उक्त प्रोत्साहन कार्यक्रमले कृषकहरुमा एक खालको उर्जा उत्पन्न भएको छ भने, कृषि पेशामा युवा आकर्षण बढ्न सक्ने पूर्वानुमान पनि गरिएको छ ।

श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा शनिबार तिलोत्तमा–१३ बनकट्टीमा एक कार्यक्रम गरेर प्रदेश सरकारको उक्त प्रोत्साहन रकम वितरण गरिएको संस्थाका व्यवस्थापक रामहरी शर्माले जानकारी दिनुभयाे ।

शर्माका अनुसार २०७४ साउन १ गते देखि २०७५ असार ३२ गते सम्म सहकारीमा दुध बिक्री वितरणको लागि लैजाने तीन सय ४३ दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले छ लाख लिटर दुधको ११ लाख ५२ हजार प्रोत्साहन वापतको रकम दुग्ध उत्पादक कृषकलाई उपलब्ध गराईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys