Erani Mahal
प्रदेश ५ सरकार ३३ अर्बको बजेट ल्याउने तयारी गर्दै
province-5_nxeeQP5oVL-2

बुटवल - प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि भाेलि असार १ गते बजेट ल्याउँदै छ । प्रदेश सभामा दिउँसो ३ बजे आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका मुख्यमन्त्री शंकर पोखरेल बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७६/०७७ का लागि ३३ अर्बको बजेट ल्याउने तयारी गरेकाे छ । । गतवर्षको भन्दा पाँच अर्ब बढीको बजेट आउने आँकलन गरिएको छ । यो बजेटमा कृषिलाई प्राथमिकता दिईने छ । तर अंकमा भने बजेटको धेरै अंक पूर्वधार विकासमा खर्च हुने गरी बजेट आउने बताइएकाे छ । चालु वर्षमा कृषि क्षेत्रकाे बजेट कार्यान्वयन निरासाजनक अवस्थामा छ ।

प्रदेश ५ मा गतवर्षभन्दा संघीय सरकारबाट आउने तीन शीर्षकका बजेटको मात्रा आठ अर्ब १३ करोड बढी रहेको छ । सोही अंक र आन्तरिक स्रोतमा करिब एक अर्ब बृद्धि हुने अपेक्षासहित बजेट बनाइदैछ ।

अहिलेको बजेटमा संसद विकास कोष भन्ने रहने छैन । नेकपा संसदीय दलले क्षेत्र विकास वा सांसद विकास कोषमा रकम नदिन आग्रह गरेपछि यो शिर्षकमा बजेट विनियोजन नहुने अपेक्षा गरिएको छ । प्रदेश सरकारमा संघीय सरकारबाट समानीकरण वित्तिय अनुदानबाट सात अर्ब ५४ करोड एक लाख बजेट आएको छ । त्यस्तौ राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, ससर्त अनुदानमा सात अर्ब ७७ करोड चार लाख बजेट छ। चालु आर्थिक वर्षको पुँजिगत तर्फको १६ अर्बको केही रकम खर्च नभई संञ्चित हुनेछ ।

सो रकम समेत गर्दा ३३ अर्बको हाराहारीमा बजेट आउने सम्भावना देखिएको हो । मन्त्रालयका अधिकारीहरुले भने २३ देखि ३५ अर्बको बजेट आउने बताएका छन् । मुख्यमन्त्री पोखरेल घाटाको बजेट नल्याउने पक्षमा छन् । कतिपय मन्त्रीहरुले खर्च नभएको बजेटबाट पूर्ति गर्ने गरी ऋणात्मक बजेट ल्याउन आग्रह गर्दै आएका छन् ।

बजेटमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम स्मार्ट कृषि कार्यक्रमले विस्तारित रुपको निरन्तरता पाउने बताइएकाे छ । यस्तै प्रदेश सरकारले विगतमा ल्याएका गाैरवका याेजनामा समेत बजेट विनियाेजन गर्ने तयारी गरेकाे छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update