Erani Mahal
ऐतिहासिक सम्पदाभित्रकाे 'तानसेन' (फाेटाे फिचर)
bhagwati-mandir-copy

पाल्पा - तानसेनको नारायणस्थान ओझेलमा परेको ऐतिहासिक स्थल हो । आफ्नो छुट्टै कला र पहिचान भए पनि नारायणस्थान प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । १६ औँ शताब्दीमा अमरसिंह थापाको नेतृत्वमा बनेको नारायण मन्दिरको हाल पुनर्निर्माण तथा मर्मत भईरहेको छ ।

तानसेनको पाल्पा दरबार पनि यहाँको एउटा पुरानो इतिहास हो । राणाकालमा वि.स. १९९० को दशकमा तत्कालित पाल्पा तैनाथवाला प्रताप शमशेरले पाल्पा दरबारको निर्माण गरेका थिए । त्यही दरबार द्वन्द्वकालमा २०६१ माघ १८ गते ध्वस्त भएको थियो । दरबारको पुरानै शैलीमा पुनर्निर्माण गरेपछि प्रदेश स्तरीय सङ्ग्राहलयको रुपमा विकास गर्ने गरी सञ्चालनमा ल्याइएको छ ।

नेपालको वीरताको इतिहास बोकेको भगवतीस्थान तानसेनभित्रै छ । यद्यपी यसको चर्चा पनि भगवती सिन्दुर यात्रा गर्ने बेलामा बाहेक अन्य बेलामा हुँदैन । पाल्पा गौडाका तत्कालिन तैनाथवाला कर्णेल उजिरसिंह थापाको निर्देशनमा बनेको भवगती मन्दिरको २ सय वर्ष लामो इतिहास छ । भगवती मन्दिरको वीरता र नेपाली एकताको प्रतिक भएपनि संकुचित नेतृत्वका कारण यो आफैँ ओझेलमा छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update