Erani Mahal
बुटवलमा आधुनिक कभर्ड हल निर्माण हुने
coverd-hall

 बुटवल - बुटवल उपमहानगरपालिका वडा नं १ को भैरव टोलमा आधुनिक कभर्ड हल निर्माण हुने भएको छ । विभिन्न तीन वटा खेलहरु ब्याडमिन्टन, टेबूलटेनिस र तेक्वान्दो राष्ट्रिय प्रतिस्पर्धा र प्रशिक्ष्णसमेत सञ्चालन गर्न मिल्ने गरि निर्माण हुन लागेको कभर्ड हलको शनिबार उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्नुभयाे ।

त्यस क्रममा प्रमुख सुवेदीले नगरको समग्र विकासका लागि खेलकुदको पनि महत्वपूर्ण भूमिहा रहने बताउँदै खेलक्षेत्रका लागि प्रोत्साहनका कार्यक्रम पनि सञ्चालन गरिने बताउनुभयाे । चालु आवमा ४८ लाख रूपियाँ बराबरको लागतमा कभर्ड हलको तल्लो तलाको संरचना निर्माण हुने छ । पूरै निर्माण सक्नका लागि करिब तीन करोडको अनुमान गरिएकाे छ ।

प्रतिनिधि तस्विर : गुगल ।

शिलान्यास समारोहमा वडा अध्यक्ष महेन्द्र लिगल, जितगढी तेक्वान्दो विकास समितिका कार्यवाहक अध्यक्ष प्रविन उदय, टेबूल टेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्षलगायतका खेलाडीहरु सहभागी रहनुभएकाे थियाे ।

शिलन्यास समारोहको सञ्चालन वडा सचिव गोकुल ज्ञवालीलेले गरेका थिए । उक्त स्थानमा रहेको दुई कट्ठा आठ धुरमध्येको जग्गामा अत्याधुनिक कभर्ट हल बन्ने छ । त्यहाँको सार्वजनिक जग्गामा टहरा हालेर बसेकालाई हटाउँदै उपमहानगरले कभर्ड हल बनाउन लागेको हो ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update