Erani Mahal
माथागढीकाे रूप्सेमा अबैध रूपमा लगाइएकाे गाँजाका बाेट नष्ट
63720938_314343496183687_6537501800075886592_n

पाल्पा - जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाभर नै अहिले लागू औषध न्युनीकरण , घरेलु हिंसा न्युनीकरण तथा अपराध कम गर्न अभियान नै चलाएकाे छ । केही दिनअघि तानसेनमै लुकीछिपी व्यावसायिक गाँजा खेती नष्ट गरेकाे प्रहरीले पुन माथागढीकाे रूप्सेमा समेत गाँजा फेला परेकाे छ ।

प्रभास प्रहरी चाैकीका प्रहरी नायव निरीक्षक एक्काबहादुर नेपाली नेतृत्वकाे टाेलीले रूप्सेमा अबैध रूपमा लगाइएकाे तीन सय गाँजाका बाेट नष्ट गरेकाे छ ।

तस्विर : जिप्रका, पाल्पा ।

प्रहरी चौकी प्रभास, पाल्पाका प्रसनि नेपाली सहिको प्रहरी टोली, स्थानीय जनप्रतिनिधीहरु, नागरिक समाज, बुद्धिजिवी र स्थानिय भद्रभलादमीहरुको रोहवरमा एक राेपनी जग्गामा लगाएकाे गाँजा खेती नष्ट गरेकाे हाे ।

लागु औषधकाे रूपमा ग्रामीण क्षेत्रमा प्रयाेग हुँदै एकाे गाँजा खेती नष्ट गरेर त्यसबाट हुने अपराध न्युनीकरण गर्न सहयाेग हुने प्रहरीकाे भनाइ छ । ग्रामीण क्षेत्रमा लुकीछिपी लगाइएका गाँजा शहर र भारतमा समेत निर्यात हुँदै आएकाे छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update