Erani Mahal
मित्यालका बृद्धबृद्धा भत्ता पाउँदा खुसी
62479308_459897978093752_7851339425567997952_n

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर -४, मित्याल पाल्पाले आर्थिक वर्ष २०७५/०७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

वडा अध्यक्ष न्यो बहादुर सुनारीको नेतृत्वमा जनप्रतिनिधि र वडाका कर्मचारीहरु प्रतेकको घरघरमा गएर भत्ता वितरण गरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउनेहरुमा जेष्ठ नागरिक १३४ जनालाई मासिक २ हजारका दरले १० लाख ७२ हजार वितरण गरियाे ।

यस्तै एकल महिला ९३ जनालाई मासिक १ हजारका दरले ३ लाख ७२ हजार , जेष्ठ दलित नागरिक ११ जनालाई मासिक १ हजारका दरले ४४ हजार, पुर्ण अपांग ५ जनालाई मासिक २ हजारका दरले ४० हजार , आंशिक अपांग ५ जनालाई पहिलाको छुट सहित १२ हजार र दलित बाल पोषण २१ जनालाई १ हजार ६ सयका दरले ३३ हजार ६ सय गरि कुल १५ लाख ७३ हजार ६ सय रुपैया वितरण गरेको वडा सहायक सहवीर खनगाहाले बताउनु भयो ।

यसरी जनप्रतिनिधिहरु घरमै आएर रकम दिनुभएपछि आफुहरुलाई धेरै सजिलो भएको ८० वर्षीय जसवीर सोतीले खुशी हुँदै भन्नुभ्यो।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update