Erani Mahal
विद्यार्थीहरूका बीचमा चित्रकला प्रतियाेगिता
64397762_475983766541697_225805277067214848_n

पाल्पा - पूर्वखोला गाउपालिका भित्रको को हाम्रो बिद्यालय राम्रो बिद्यालय भन्ने शीर्षकमा प्राथमिक तह स्तरिय चित्र लेखन प्रतियोगिता पूर्वखोला -३ रिङ्नेरह श्री तीन कन्या प्राथमिक बिद्यालयमा सम्पन्न्न भएको छ ।

प्रतियोगिता पूर्वखोला भरिका ३२ बिद्यालयको सभागी रहेको कार्यक्रममा प्रथम सत्यवती प्रथमिक बिद्यालय हेक्लाङका बिस्णु ठाडा, द्धितिय गणपती माध्यमिक बिद्यालय बिरकोटका विशेष सारु, तृतिय मनकामना प्राथमिक बिद्यालयका सिलुवाका नबिन्द्र पुलामी सान्तोना किसान प्राथमिक बिद्यालयका बिरकोटका तारा कुवर भएका छन् ।

प्रथम द्धितिय तृतिय भएका भाइ बैनी हरुलाइ पुरुस्कार प्रमाण पत्र बितरण गरेको कार्यक्रका प्रमुख अथिती पूर्वखोला गाउपालिका शिक्षा शाखा प्रमुख टेक बहादुर खत्री ले विद्यार्थी भाइबैनी हरुले चित्रको माध्यम बाट आफ्नो प्रतिभा प्रस्ट गर्न सक्ने बताउनु भयो र कार्यक्रमले विद्यार्थी हरुको बौद्धिक तथा समसामाजिक वृद्धि हुने बताउनु भयो ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समिती सद्स्य तथा पूर्वखोला -३ वडा सद्स्य हिरा बहादुर ढेगा को अध्यक्षता मा बिद्यालयका प्रध्यापक पदम थापाको स्वागत र श्री तीन कन्या प्राथमिक बिद्यालयका शिक्षक बिनोद भट्टराइको संचालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update