X

पूर्वमन्त्री धनीराम पौडेलको निधन

रानीमहल संवाददाता || ३१ जेष्ठ २०७६,शुक्रबार ११:२६

चितवन । पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ । ५३ वर्षीय पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो ।

शुक्रबार बिहान  घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्‍याइयो । तर, त्यतिबेलासम्म उनी प्राणहीन बनिसकेका थिए ।

माडी नगरपालिका–५ मा पौडेलको घर निर्माणाधिन छ । घर ढलानका लागि उनी ५–६ दिन अगाडि माडी गएका थिए । आज बिहानै उठेर उहाँ बेल्चाले गिटी मिलाउन तल्लीन हुनुहुन्थ्याे । त्यही क्रममा उनका एक साथी त्यहाँ आइपुगे । उनीसित गफिँदै गर्दा अचानक पौडेल ढल्न पुगेका थिए । त्यसपछि तुरुन्तै उनलाई बगौडा अस्पताल पुर्‍याइएको थियो ।

नेकपा नेता पौडेल यसअघिको सरकारमा शिक्षा मन्त्री हुनुहुन्थ्याे। सक्रिय राजनीतिमा रहेका पौडेल हाल नेकपाको केन्द्रीय सदस्यको भूमिकामा थिए । पौडेलका दुई छोरी छन् । उहाँकी पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys