Erani Mahal
अटोरिक्सा र जेसीबी  ठोक्किँदा ३ जनाको मृत्यु
Accident_I0cmYnOZtf

३१ जेठ, कञ्चनपुर । कञ्चनपुरमा २ सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।

से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा शुक्रबार बिहान भीमदत्त नगरपालिका–६, बनगाउँमा आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले दुर्घटनामा परेका ३ जनाको घनास्थलमै ज्यान गएको पुष्टि गरेको छ ।

मृतक तीनै जना अटोरिक्सामा सवार थिए । प्रहरीका अनुसार उनीहरुको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ५ जना घाइते छन् । घाइतेमध्ये अटोरिक्साका चालकको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारत पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update