Erani Mahal
तीनबुँदे सहमतिसँगै विद्यार्थीले लगाएको त्रिबक्या पाल्पाको ताला खुल्यो
62493961_2359864590924835_7950609790659461120_n-1

पाल्पा– गत १५ गतेदेखि विभिन्न माग सहित अखिल क्रान्तिकारी र अनेरास्वयिूले गरेको त्रिभुबन बहुमुखी क्याम्पस पाल्पाको तालाबन्दी खुलेको छ ।


उनीहरुले विना प्रतिस्प्रर्धा शिक्षण सहायक नियुक्ति गरेको, जसले क्याम्पसको शैक्षिक भौतिक विकासमा प्रभाव पारेको भन्दै १५ दिनदेखि तालाबन्दी गरेका थिए । विहिवार राती क्याम्पस प्रशासनसँग भएको तीनबुँदे सहमतिसँगै तालाबन्दीको कार्यक्रम स्थगित गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष पदम सोमैले रानीमहललाई जानकारी दिनुभयो ।

सहमतिमा त्रिबक्यामा आवश्यक सबै पदका आंशिक शिक्षण सहायक तथा प्रध्यापकहरु खुला प्रतिस्प्रर्धाबाट भर्ना गर्ने, क्याम्पसको समस्या समाधानमा विद्यार्थी सँगठनबीच सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको छ ।


क्याम्पसले शैक्षिक सुधारमा भन्दा पनि व्यक्तिवादी चरित्रले काम गरेकोले आन्दोलन गर्नुपरेको अनेरास्ववियूका कावा अध्यक्ष हिरामणी पराजुलीले बताउनुभयो ।
क्याम्पस प्रमुख जीवन बहादुर थापाले विद्यार्थीको माग अनुसार क्याम्पस प्रशासनले केही कमजोरी भएमा छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले आंशिक कर्मचारी राख्दा विज्ञापन खोल्नुपर्दछ भन्ने नीति भने नरहेको बताउनुभयो ।
हेर्नुहोस् सहमति पत्र

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update