Erani Mahal
बाँदरको आक्रमणबाट पाल्पा छेर्लुङ्गमा  एक महिला  गम्भिर घाइते
Untitled-1

पाल्पा– जिल्ला सदरमुकाम तानसेन १३ बौघागुम्हा छेर्लुङ्गमा बाँदरको आक्रमणबाट एक महिला घाइते हुनु भएको छ ।


स्थानीय ठूलापोखरा खेतमा काम गर्दै गर्दा एक्कासी आएको बाँदरको हुलले आक्रमण गर्दा ३१ वर्षिया कमला खरेल पाण्डे गम्भिर घाइते हुनुभएको हो ।

करिब १ सय पचास बढीको संख्यामा आएको बाँदरले कमलालाई खेतमा आक्रमण गरेर गम्भिर घाइते बनाएको स्थानीय खड्कबहादुर केसीले रानीमहललाई जानकारी दिनुभयो । घाइते खरेलको दुवै खुट्टा, हात र शरीरमा चोट लागेकोले उपचारको लागि तानसेन ल्याइएको केसीले बताउनुभयो । उहाँले करिब ६ बजेको समयमा बाँदरले खरेलललाई आक्रमण गरेको बताउनुभयो ।


पछिल्लो समयमा पाल्पाको तानसेन १४ अर्गली, १३ छेर्लुङ्ग, बगनासकाली, रम्भा गाउँपालिका, रामपुर नगरपालिका लगायतका स्थानमा अन्नवाली नष्ट पार्ने र मानिसलाई समेत आक्रमण गर्नै गर्दा स्थानीय किसानहरु हैरानी बनेका छन् ।


स्थानीय केटाकेटी, महिलाहरु, असाह्य वृद्धाहरुलाई बाँदरले बढी झम्टिने र आक्रमण गर्ने गरेको स्थानीय किशोर भट्टराईले बताउनुभयो । उहाँका अनुसार गाउँमा युवाहरु नहुने र गाउँछोड्ने क्रमसँगै गाउँघरका खेतबारी र घरमै आएर बाँदरले आक्रमण गर्ने र खेतीपाती तथा अन्नवाली नोक्सान गर्ने गरेको बताउनुभयो ।


बाँदर नियन्त्रणको लागि स्थानीयहरु गाउँपालिका तथा नगरसरकारसँमक्ष हारगुहार समेत गर्ने गरेको भएपनि प्रभावकारी नियन्त्रण हुन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update