Erani Mahal
निस्दी माैलाथरका बासिन्दा खानेपानी समस्याबाट मुक्त
62549628_901074710230447_5820048966640730112_n

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल, मौलाथरका स्थानीय बासिन्दा खानेपानीको समस्यबाट मुक्त भएका छन् । यहाँका गाउँलेहरु वर्षौदेखि खडेरी लागेसंगै १ गाग्री पानी लागि गाउँभन्दा तल आधा घण्टाको पंधेरोमा घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता थियो ।

५ नं. प्रदेश सरकारको सहयोगमा गाउँभन्दा करिब ६ सय मिटर तल सोलारबाट पानी तानेपछि यहाँका बासिन्दाले खानेपानीको सहज पाएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जिल्लामै पहिलोपटक सोलारबाट मित्यालमा खानेपानी लिफ्टिङ योजना संचालन गरेको इन्जिनियर मातृका गौतमले बताउनुभयो ।

प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयको जनसहभागिता गरी करिब १ करोडको लागतमा योजना संचालन भएको खानेपानी कार्यालय पाल्पाका सव-इन्जिनियर नारायण अर्यालले जानकारी दिनुभयो । उपभाेक्ताले २० प्रतिशत जनश्रमदान गरेका छन् ।

यस वर्ष मुहानबाट पानी तानेर टंकीमा जम्मा गरी पुरानो धाराबाट पानी लिने र आगामी आर्थिक वर्ष शुरु भएसंगै प्रत्येकको घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गर्ने उपभोक्त समितिका अध्यक्ष जबर सिं सारुले बताउनुभयो । पिप्याङडी खानेपानी लिफ्टिङ योजना सम्पन्न भएपछि यहाँका ६५ घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update