Erani Mahal
तानसेनमै अबैध गाँजा खेती !
64220731_311627579788612_5137554229237383168_n

तानसेन - जिल्ला प्रहरी कार्यालय पाल्पाले ठूलो परिमाणमा अवैध गाँजाको बोट नष्ट गरेको छ । सदरमुकाम तानसेनभित्रै व्यावसायिक गाँजाको खेति भएको सूचनाका आधार डिएसपी कृष्णराज सापकोटाको कमाण्डमा खाटिएको प्रहरी टोलीले गाजाको बोट नष्ट गरेको हो ।

जिल्लालाई अपराधमुक्त बनाउने अभियान अनुरुप प्रहरीले तानसेन २ बडिज्ञानटोलबाट स्थानीय उमेशवृज जङ्ग राणाको नाममा रहेको जग्गाबाट करिब ५ सय बढी गाजाका बोट फडानी गरेकाे छ ।

उक्त स्थानमा उम्रेको गाजा व्यवसायिक हो या प्राकृतिक रुपमा आफै उम्रेको हाे भन्नेबारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।

समाजमा लागु अाैषधकाे कारणबाट हुने अपराधलाइ न्युनीकरण गरी शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले सामुदायि प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमलाई स्थानियकै सहभागीतामा सचेतनाका साथसाथै अगाडी बढाएको डिएसपी कृष्णराज सापकोटाले बताउनुभयो ।

समाजमा हुने साना साना कुरालाई ध्यानदिन नसक्दा ठूलो अपराध सिर्जना हुन सक्ने विषयलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाले समुदायकै समन्वय र साझेदारीमा सचेतनामुलक कार्याक्रम सञ्चालन गर्दै आएको छ ।

यसअघि पनि तानसेनमा प्रहरीले करिब २ हजार गाँजाका बाेट नष्ट गरेकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update