Erani Mahal
पाल्पामा सालका रुख काट्ने धराैटीमा रिहा
pakrau1

पाल्पा - पाल्पाको सीमास्थत पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित ढाबमा सालका दुई सय ७२ वटा सालका रुख काट्ने स्थानीय चार जनालाई जिल्ला अदालतले पाल्पाले जनही २० हजार रुपैयाँ धरौटीमा छोडेको छ ।

उनीहरुलाई निशर्त रिहाइकाे माग गरेर सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाले आईतबार तानसेनमा विरोध सभा गरेको थियो । विद्युत विस्तार गर्दा पोल तथा तार बिछ्याउने ठाउँभन्दा बाहिरका सालका रुखहरु काटेपछि जिल्ला वन कार्यालय पाल्पाले स्थानीयमध्ये चार जनालाई पक्राउ गरी हिरासत पठाएको थियो ।

फाइल तस्विर ।

२६ दिन अघि पक्राउ परी हिरासतमा रहेका ती चारजनालाई न्यूनतम धरौटीमा उनीहरु सोमबार छुटेका छन् । जिल्ला वन कार्यालय पाल्पाले यसअघि बल्ढेङ्गढीका स्थानीय मिनबहादुर पुन, चित्रबहादुर कुमार, हुमबहादुर सारु र टोमबहादुर कुमाललाई पक्राउ गरी हिरासत पठाएको थियो ।

उनीहरुको सोमबार जिल्ला अदालत पाल्पामा थुनछेक बहस पछि अदालतले उनीहरूलाइ धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे ।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update