Erani Mahal
पाल्पाकाे लामडाँडामा दुर्घटना हुँदा तीन जना घाइते
62116392_2783564191685365_3756708499678035968_o

पाल्पा - तानसेन-७, लामीडाँडास्थित पेट्राेल पम्प नजिकै ट्याक्सी र ट्याक्टर ठाेक्किदा तीन जना घाइते भएका छन् । तानसेनबाट बुटवल जाँदै गरेकाे भे १ ज ६७९ नम्बरकाे ट्याक्सी र बिपरीत दिशाबाट आएकाे लु ४ त ३१०० नम्बरकाे ट्याक्टर तानसेनकाे लामीडाँडा प्रट्राेलपम्प नजिकै साेमबार दिउँशाे ठाेक्किएकाे छ ।

दुर्घटनामा परी नेपालगन्ज उपमहानगरपालिका-२० बस्ने वर्ष ४१ का लाेकबहादुर राेकाया र हुम्ला जिल्ला सिमकाेट गाउँपालिका २ बस्ने वर्ष ४६ का अबनसिंह बाेहाेरा घाइते हुनुभएकाे छ । उनीहरू दुबै ट्याक्सीमा सवार थिए ।

तस्विर : पारस पाेखरेलकाे पेसकुब पेजबाट ।

यस्तै ट्याक्टर चालक रूपन्देही जिल्ला सैनामैना नगरपालिका ७ बस्ने शम्भु चाैधरी सामान्य घाइते हुनुभएकाे छ । घाइतेमध्ये राेकाया र बाेहाेराकाे अवस्था मध्यम् रहेकाे छ । ट्याक्टर चालक चाैधरीकाे अवस्था भने सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइते तीनै जनाकाे उपचार तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे छ । दुर्घटनाबाट ट्याक्सीमा ठूलाे क्षति पुगेकाे छ भने ट्याक्टरमा भने सामान्य क्षति छ ।

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update