Erani Mahal
इँटा प्रहार गरेर श्रीमतीकाे हत्या
death

बुटवल - श्रीमानले इँटा प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । कपिलबस्तुकाे बाणगंगा नगरपालिका–१, बुँचीका अगमन चौधरीले इँटा प्रहार गरेर श्रीमती गीताको ज्यान लिएका हुन् ।

श्रीमानले टाउको र छातीमा प्रहार गरेको इँटा लागेर गम्भीर घाइते गीताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आइतबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

डीएसपी पाण्डेका अनुसार, चौधरीले मदिरा सेवन गरेर श्रीमतीमाथि इँटा प्रहार गरेको खुलेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय, पिपराले अगमनलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update