Erani Mahal
पाल्पामा जंगली च्याउ खाँदा २ जनाकाे मृत्यु, ९ जना गम्भीर बिरामी
chyau

पाल्पा - पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ का  ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिं ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयाे ।  अन्य ९ जना गम्भीर बिरामी परेका उहाँले बताउनुभयाे ।

विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय पुरन खाम्चा, उहाँकी श्रीमति ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमसिं ठकुरी, ३० वर्षीया दानकुमारी सिं, ७ वर्षीय सुमन सिं, सोही ठाउँकी धनकुमारी सिं, निसा सिं ठकुरी र निरुता सिं रहनुभएकाे छ ।

बिरामी सबैको नवलपुरको डण्डा स्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रनाउ सापकोटाले बताउनुभयाे । उनीहरुले शुक्रबार साँझ घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए। 

शनिबार अपरान्हदेखि विरामी परेका उनीहरुलाई बान्ता हुने, बेहोस हुने भएको थियो भने अत्तालिने समेत गरेका थिए। 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update