Erani Mahal
नेकपा पाल्पाकाे पहिलाे बैठक : सदस्यहरूकाे कार्यविभाजन
62146150_1750435381768489_6008849101838352384_n

पाल्पा - नेकपा पाल्पाको पहिलो बैठक शनिबार तानसेनमा सकिएको छ । बैठकले जिल्ला कमिटिका सदस्यहरूको कार्यविभाजन गरेको छ । नेकपाको जिल्ला सचिवालयमा अध्यक्ष नारायण आचार्य, सचिव गीरबहादुर थापा (वीरबल), मोहन थापा, मथुरा ढकाल, ओमबहादुर घर्तीमगर, कमल पाण्डेय, नेपबहादुर वली रहनुभएको छ ।

बैठकले निर्वाचन क्षेत्र स्तरीय, प्रदेश स्तरीय, गाउँपालिका नगरपालिका र वडामा समेत सदस्यहरूको जिम्मेवारी तोकेको छ । यस्तै विभिन्न जनवर्गीय संगठन र विभागको जिम्मेवारी तोकिएको छ ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा ५ नं. प्रदेशका सहइन्चार्ज दलबहादुर रानाले कार्यकर्तालाई पार्टीको नीति र निर्देशन अनुसार गाउँमा खट्न निर्देशन दिनुभयो । उहाँले जनताकाे भावना अनुसार अनुशासित भएर काम गर्न भन्नुभयाे ।

कार्यक्रममा नेकपाकै केन्द्रीय सदस्य तुलाराम घर्तीमगर (वसन्त)ले देशभरि नेकपाको सरकारले जनताको जनअपेक्षा अनुसार काम गरेको बताउँदै कार्यकर्ताले त्यसको प्रचार गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेय, ठाकुर गहिरे, प्रदेश सदस्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष आचार्य र सचिव थापाको सञ्चालनमा सम्पन्न भएको थियो । दुइ ठूला कम्युनिष्ट पार्टी मिलेपछि बनेकाे जिल्ला कमिटिमा १४५ जना सदस्य छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update